विद्यामन्दिर पुस्तकालयको अध्यक्षमा राम थापा

आदर्श अनलाइन, बागलुङ

नेपालकै पुरानो मध्येको बिद्यामन्दिर पुस्तकालय बागलुङको अध्यक्षमा पत्रकार राम थापा अबिरल चयन हुनुभएको छ । ७४ औ साधारणसभा र ३६ औं अधिवेशनबाट थापा अध्यक्षमा चयन हुनुभएको छ । पुस्तकालयको पहिलो बैठकबाट अन्य कार्यसमितिको टुङ्गो लाग्नेछ ।

सामुदायिक पुस्तकालय बिधुतिय पुस्तकालय र बालबिकास केन्द्र समेत संचालन गर्दै आएको बिद्यामन्दिर पुस्तकालय लाई गण्डकी प्रदेश कै नमुना पुस्तकालय बनाउने योजना साथ अगाडि बढ्दै जाने अधिवेशनमा बक्ताहरूले धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय अध्यक्ष सन्तोष रावल ,बिद्यामन्दिर पुस्तकालयका पुर्व अध्यक्ष एंवम कार्यवाहक प्रधान संरक्षक परशुराम श्रेष्ठ ,सम्मानित ब्यक्ति पुर्व अध्यक्ष लालचन्द्र राजभण्डारी ,सल्लाहकार देवबहादुर श्रेष्ठ बागलुङ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष शशि कपुर श्रेष्ठ ,लगायतका बक्ताहरूले सामुदायिक पुस्तकालय लाई समय अनुकूल पाठक मैत्री बनाउन सकेको खण्डमा मात्रै पुस्तकालयमा पाठक भित्राउन सकिने अन्यथा पुस्तकालयमा पाठक घट्दै जाने धारणा राखेका थिए ।

कार्यक्रममा पुस्तकालयले स्थापना गरेको पुस्तकालयका संस्थापक स्वर्गीय ओम प्रसाद गौचन र मेघकुमार बैध बाट बिद्यामन्दिर पुस्तकालयका पुर्व अध्यक्ष लालचन्द्र राजभण्डारी लाई प्रमाणपत्र र दोसल्ला बाट सम्मान गरेको थियो भने पुस्तकालयका पुर्व अध्यक्ष महेशचन्द्र प्रधानले आफ्नो स्वर्गीय मातापिताको नाममा स्थापना गरेको हरि मोहन स्मृति सम्मान समाजसेवी देव बहादुर श्रेष्ठलाई नगद सहित प्रमाणपत्र र दोसल्ला बाट सम्मान गरिएको थियोे ।

साधारणसभामा पुस्तकालयका सचिव रामचन्द्र शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कोपीला कडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बिधुतीय पुस्तकालय संचालन भए पछि सामुदायिक बिद्यालय र निजी बिद्यालयमा अध्ययन गर्ने गरिब दलित तथा बिपन्न बर्गका बिद्यार्थिले निशुल्क रूपमा अध्ययन गर्न पाएको कारणले पनि अहिले पुस्तकालयमा आउने गरेको सचिवले प्रतिवेदन मार्फत जानकारी गराएका थिए ।

२००३ सालमा शिक्षा प्रेमी ओम प्रसाद गौचन र मेघ कुमार बैधले स्थापना गरेको सामुदायिक पुस्तकालय अहिलेसम्म नियमित रूपमा सबै खालका पाठकलाई बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म सेवा प्रदान गर्दै आएको छ ।पुस्तकालयको सहायक अंगको रूपमा रहेको रत्न श्रेष्ठ नेपाली बाङ्गमय कक्ष पनि नियमित रूपमा बिहान १० देखि पाठकहरूको लागि खुला रहदै आएको छ ।

पुस्तकालयमा सामाजिक राजनीति धार्मिक सांस्कृतिक लगायतका १७ हजार ८ सय ५० भन्दाबढी हस्तलिखित पुस्तक पत्रपत्रिका समेत रहेको कारणले पनि पुस्तकालयमा टाढा टाढा देखि पाठकहरू आउने गर्छन् । साधारणसभाको अध्यक्षता पुुस्तकालयका अध्यक्ष रामप्रसाद शर्मा स्वागत पुस्तकालयका उपाध्यक्ष राम थापा र सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *