बागलुङ दुग्ध उत्पादक सहकारी संघको २१ औं साधारणसभा

आदर्श अनलाइन, बागलुङ

दूग्ध उत्पादन संगै बजारीकरणमा नेपालकै नमूना बनेको बागलुङ दुग्ध उत्पादक सहकारी संघ बागलुङको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै प्रमुख अतिथि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले दूग्ध सहकारीले बागलुङलाई दूग्धमा आत्मनिर्भर गराउनका लागि ठूलो सहयोग पु¥याएको बताउनुभयो ।

उहाँले सहकारीका कारण बजारको रकम गाउँ फर्केको बताउनुभयो । “दुग्ध सहकारीले गाउँको दूध बजारमा ल्याएर प्रशोधन सहित विक्रि गर्दा बजारको रकम गाउँ फर्केको छ” डा. सापकोटाले भन्नुभयो “यस्ता सहकारी नेपालमै नमूना छन्, अहिले किसानलाई दुध उत्पादनमा लागत बढ्दै जाँदा किसानलाई समस्या भएको छ, अब दानामा भन्दा हरियो आधुनिक घाँसमा किसानको ध्यान जान आवश्यक छ ।”

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघका अध्यक्ष हुमाकुमारी जिसी अन्जुले सहरकारीले उत्पादनमुखी काम गरेको कतै उदारण दिनुपरे बागलुङ दुग्ध उत्पादक सहकारीको नाम लिने गरेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव राम बहादुर हमालको प्रगती प्रतिवेदन, कोषध्यक्ष डिलाराम कंडेलको आर्थिक प्रतिवेदन तथा लेखा समितिका संयोजक कमल प्रसाद शर्माले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष उमनाथ सापकोटाको स्वागत तथा सचिव राम बहादुर हमालको सञ्चालनमा सम्पन्न भएको थियो । सहकारीले बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिका लगायतका क्षेत्रमा उत्पादन भएको दूधलाई सहकारी मार्फत बजारीकरण गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *