सहकारी महासंघको सञ्चालकमा गण्डकीबाट जिसीको उम्मेदवारी

आदर्श अनलाइन,ललितपुर

राष्ट्रिय सहकारी महासंघको सञ्चालकमा गण्डकी प्रदेशबाट हुमाकुमारी जिसी ‘अञ्जु’ले उम्मेदवारी दिनुभएको छ ।

महासंघको ललितपुरमा बिहिवारदेखि शुरु भएको २७ औं वार्षिक साधारणसभामा जिसीले गण्डकी प्रदेशबाट सञ्चालकमा मनोनयन दर्ता गराउनुभएको निर्वाचन समितिले जनाएको छ ।

आदर्श सञ्चार सहकारी संस्था बागलुङका अध्यक्ष समेत रहनुभएकी जिसी सहकारी अभियानका साथै अन्य सामाजिक,राजनीतिक अभियानमा पनि सक्रिय हुनुहुन्छ ।

सहकारी महासंघको अध्यक्ष पदमा मिनराज कंडेल र वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत निर्वाचित भइसक्नु भएको छ । यस्तै प्रदेश सञ्चालकतर्फ कर्णाली प्रदेशबाट टिका बुढाथोकी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस समर्थक सहकारीकर्मीबीचको सहकार्यमा भएको छ । तर प्यानल भन्दा बढी उमेदवार परेपछि उमेदवारी दिएकाहरुलाई नाम फिर्ता लिन दुवै दलले दवाव दिन थालेका छन् ।

दुई पार्टीको भागवण्डा अनुसार नेकपा समर्थितहरुलाई अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र लेखा समितिको संयोजक तथा एक जना सदस्य सहित १७ जना सञ्चालक, नेपाली कांग्रेस समर्थकलाई उपाध्यक्ष, ५ सञ्चालक र एक लेखा समिति सदस्य भागवण्डा गरेका छन् । नेकपालाई गरिएको भागवण्डामा पनि पूर्व नेकपा एमाले समर्थितलाई अध्यक्ष र उपाध्यक्ष तथा ९ सञ्चालक र एक लेखा सदस्य, पूर्व नेकपा माओवादी समर्थकलाई लेखा समितिको संयोजक, एक लेखा सदस्य र ५ सञ्चालक भागवण्डा गरेका छन् ।
नेकपा र नेपाली कांग्रेसका नेता तथा सहकारीकर्मीहरु यतिबेला आधिकारीक उमेदवारहरुलाई सघाउन र उमेदवारी फिर्ता लिनका लागि अन्य उमेदवारहरुलाई सम्झाउने, दवाव दिने काम गर्न थालेका छन् । भोली बिहान ९ बजेसम्म उमेदवारी फिर्ताको समय रहेको निर्वाचन समितिका संयोजक रामचन्द्र सिंखडाले जनाउनु भएको छ ।

निर्वाचित समितिले दिएको जानकारी अनुसार उपाध्यक्षमा ३ जनाको उमेदवारी परेको छ । रमेशप्रसाद पोखरेल, डिल्लीराम तिवारी र दक्ष पौडेलले उपाध्यक्षमा उमेदवारी दिनुभएको छ । लेखा समितिको संयोजकमा धर्मदत्त देवकोटा र रविन्द्र केसीले उमेदवारी दिनु भएको छ ।
२२ सदस्यीय सञ्चालक समिति मध्ये ३ जना निर्विरोध भए पनि अन्य पदमा ६ दर्जनको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *