मोटरसाइकल चोर्ने तीन जना पक्राउ

आदर्श अनलाइन, बागलुङ
इलाका प्रहरी कार्यालय बुर्तिबाङले मोटरसाइकल चोर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देही समरिया गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय पिन्टु लोहनीया, ढोरपाटन नगरपालिका वडा नम्बर ७ का १९ वर्षीय रुपान विक र सोही वडाका ३२ वर्षीय कुलबहादुर विकलाई पक्राउ गरेको हो ।

गत भदौ २६ गते ढोरपाटन नगरपालिका वडा नम्बर १ का भिमबहादुर कुवँरको ध २ प १६२७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल हराएपछि उनले प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीले खोज अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकलको पाटपुर्जा अर्को मोटरसाइकलमा हालेर चलाएको अवस्थामा फेला पारेको इकाला प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश कुमार शर्मा अधिकारीले जानकारी दिनुभयो ।

अधिकारी र ट्राफिक प्रमुख विशाल दर्जीको टोलीले अनुसन्धान गर्दै जाँदा ढोरपाटन नगरपालिका वडा नम्बर ७ स्थित कुलबहादुर विकको घरमा मकैको डाँठले मोटरसाइकलका पाटपुर्जा लुकाईपछिपाई राखेको अवस्थामा फेला पारेका थिए ।

उनीहरुले मोटरसाइकलको पाटपुर्जा अर्को बाइकमा हालेर चलाइ रहेको समेत खुलेको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *