विश्व पर्यटन दिवस : ‘धौनिढोका’ प्रर्बद्धनमा छ दिने साईकलयात्रा


खेमराज गौतम, बागलुङ

विश्व पर्यटन दिवसको अबसरमा ‘धौनिढोका’ प्रर्बद्धनमा पर्यटन अभियान्ता कृष्ण केसीले ६ दिनको साईकल यात्रा सम्पन्न गर्नुभएको छ । सगरमाथा आरोही समेत रहनुभएका कृष्ण केसीले ६ गते पोखराको बेगनास तालबाट शुरु गरेको यात्रा मंगलबार बागलुङको ढोरपाटन पुगेर विश्व पर्यटन दिवसको दिनमा समापन गर्नुभएको छ ।

पोखरालाई बागलुङको ढोरपाटन संग जोड्ने गरी त्यस रुटमा भएका धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकी (धौनिढोका) प्रर्बद्धनका लागि विश्व पर्यटन दिवसको अवसरमा साईकल यात्रा गरेको पर्यटन अभियान्ता कृष्ण केसीले बताउनुभयो । पर्यटन प्रर्बद्धन गर्दै पोखराका पर्यटनहरुलाई पर्वत, बागलुङ देखि म्याग्दी हुँदै पुन ढोरपाटन पु¥याउने गरी विश्व पर्यटन दिवसको अवसरमा सांकेतिक रुपमा साइकल यात्रा गरेको उहाँको भनाई थियो ।

विभिन्न समयमा पर्यटन प्रर्बद्धनात्मक अभियान चलाउदै आउनुभएका कृष्ण केसी गृह जिल्ला बागलुङको प्रर्बद्धनका लागि साईकल यात्राले सहयोग पुग्ने बताउनुभयो ।

“विश्व पर्यटन दिवसका अवसरमा ६ दिनको साईकल यात्रा ढोरपाटन पुगेर समापन गरेको छु, विश्व पर्यटन दिवसको दिन आगमी वर्ष देखि त्यहाँ घोडा जात्रा गर्ने स्थानीयले प्रतिबद्धता जनाएका छन्” केसीले भन्नुभयो “विश्व पर्यटन दिवसका अवसरमा म्याग्दीको जलजलाबाट ढोरपाटन हुँदै निसीखोलाको निसेलढोर सम्म घोडा जात्रा गर्ने स्थानीय र जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन्

धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको प्रचारका लागि आफ्नो साइकल यात्रा सांकेतिक भएको साईकल यात्री तथा पर्यटन अभियान्ता कृष्ण केसीले बताउनुभयो ।”

धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको छोटो रुप ‘धौनिढोका’को प्रचार प्रसारका लागि एकल साइकल यात्राका कारण प्रचार प्रसारमा सहयोग पुग्ने उहाँको भनाई छ । केसी पोखराको बेगनास ताल, फेवा ताल हुँदै पर्वत हुँदै बागलुङ बजार, म्याग्दी बजार तातोपानी कुण्ड हुँदै बागलुङको तमानखोला गाउँपालिका देखि ढोरपाटन पुग्नुभएको थियो ।

जनयुद्धका विषयमा किताब समेत लेख्दै आउनुभएका केसीले लोलुफेरा प्रर्बद्धनमा ठूलो भुमिका निभाई सक्नुभएको छ । नेपालका ७७ जिल्ला भ्रमण गरिसक्नुभएका केसीले बागलुङको ढोरपाटनमा पर्यटन ल्याउनका लागि विभिन्न योजनाहरु ल्याउदै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *