बागलुङका सहकारीकर्मीहरुको गुनासो : राज्यले सहकारीलाई प्राथमिकता दिएन

रोहनजि.सी., बागलुङ
बागलुङका सहकारीकर्मीहरुले अर्थतन्त्रको एउटा महत्वपूर्ण पाटोका रुपमा रहेको सहकारी क्षेत्रलाई राज्यले प्राथमिकतादिननसकेको गुनासो गरेका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले विजयादशमीलगायतका चाडपर्वकोअवसर पारेर बुधवार आयोजना गरेको शुभकामनाआदानप्रदानकार्यक्रमका सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।

विपन्नवर्गका जनतालाई आर्थिक रुपमा सक्षमबनाउन, आयआर्जन गर्न, वचतगर्न तथाव्यवसायिक रुपमा अगाडि बढ्न सहकारी क्षेत्रले महत्वपूर्ण योगदान गरेको छ, राज्यले जनतालाई गर्नु पर्ने धेरै सामाजिककार्यमा सहकारीले योगदान गरेका छन्, तर सरकारले सहकारीको प्रवद्र्धनमाध्याननदिएको उनीहरुको गुनासो थियो ।

सहकारीको प्रवद्र्धनकालागि राज्यले तथ्यांक संकलन, अनुगमननियमन र अप्ठेरो अवस्थामा साथदिने खालकागतिविधिगर्नु पर्नेमा सहकारीकर्मीहरुको जोड थियो । सहकारीमा पछिल्लो समयमा देखिएका समस्याहरुको समाधानकालागि सहकारी संघ संस्थाहरुले आन्तरिक रुपमागर्न सक्ने समन्वय र सहकार्यमाप्रभावकारीताल्याउनु पर्नेमाजोड दिदै सहभागी सहकारीकर्मीहरुले सहकारी अभियानले राज्यलाई खबरदारी गर्नु पर्नेमाजोड दिएकाथिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालकतथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीको समसामयिकअवस्था र सहकारी बैंकको सेवा सुविधातथा पछिल्लो अवस्थाबारेमाजानकारी गराउनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालकतथाजिल्ला सहकारी संघ बागलुङका अध्यक्षहुमाकुमारी जि.सी.(अञ्जु), जिल्ला सहकारी संघका सल्लाहकारद्वयदिपकगौतम र तोयनाथगौतम, बहुउद्देश्यीय सहकारी संघका अध्यक्षदुर्गा बहादुर कुँवर लगायतले कार्यक्रमका सम्पूर्ण सहभागीहरुले शुभकामनाव्यक्तगर्नु भएको थियो ।

कार्यक्रम राष्ट्रिय सहकारी बैंकका सञ्चालकतथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको अध्यक्षता र बैकको बागलुङ शाखाकाप्रमुखयुवराज त्रिपाठीको सञ्चालनमा सम्पन्नभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *