तीन दिनको मौसम पूर्वानुमान : धेरै ठाउँमा हल्का वर्षा

आदर्श अनलाइन, काठमाडौं
आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश र बागमतीका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ र बागमतीका एक–दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ ।

शुक्रबार पहाडी भूभागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । शनिबार पनि पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *