रेशवासीलाई आरोग्य सेवा

रोहन जि.सी बागलुङ

धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजना तथा काठेखोला गाँउपालिका वडा नं. ७ रेशको समन्वयमा डेंगु रोग सम्बन्धि अभिमुखिकरण तथा सचेतना कार्यक्रम शुक्रबार रेशमा सम्पन्न भएको छ ।

३२ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा रेशका वडा वासी तथा जेष्ठ नागरिकहरुका लागि आरोग्य सेवा कार्यक्रम तथा स्वास्थ्य परिक्षण सम्पन्न गरिएको छ ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै काठेखोला गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम बहादुर जि.सी (लामिछाने) ले जेष्ठ नागरिकहरुका लागि नियमित स्वास्थ्य परिक्षण, खानपान, योग अभ्यासका बारेमा निरन्तर अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो । उहाँले रेश वासीका लागि यस कार्यक्रमको आयोजना गरेकोमा आयुर्वेद औषधालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेश इन्चार्ज हुमा कुमारी जि.सी (अञ्जु), औषधालयका कार्यलय प्रमुख तथा कार्यक्रमका सहजकर्ता डा. सरोजकुमार राय, डा. प्रदिप के.सी, वरिष्ठ वैद्म निरिक्षक एकराज ढुंगाना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा रेशका ८१ जना जेष्ठ नागरिक तथा वडावासीहरुलाई डेंगु रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम तथा योग अभ्यास, खानपान, स्वस्थ जीवनशैली लगायतका बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रमको सहजीकरण धौलागिरी आयुर्वेद औषधालय बागलुङ कार्यलय प्रमुख डा. सरोजकुमार रायले गर्नुभएको थियो ।

शिविरमा सहभागी वडावासीलाई स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क औषधी वितरण गरिएको डा.रायले जानकारी दिनुभयो ।

कार्यक्रम धौलागिरी आयुर्वेद औषधालय बागलुङका अध्यक्ष राजिव घिमिरेको अध्यक्षता तथा लेखा अधिकृत मनिषा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *