दशैंलाई कोसेली सिगानाका सुन्तला


–खेमराज गौतम, बागलुङ

सुन्तला गाउँका रुपमा रहेको सिगानाका अगुवा कृषक टोप बहादुर खड्काले बेमौसमी सुन्तला उत्पादन गर्नुभएको छ ।

सामान्यतः सुन्तलाको सिजन कात्तिक, मंसिरमा भएपनि उहाँले सय बोटमा बेमौसमी सुन्तला फलाउनुभएको छ । खड्काको सुन्तला बैगचामा विभिन्न प्रजातीका १० देखि २० केजी सम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसी सुन्तलाको बोट भने सानो हुने र छिटो फल्ने गर्दछ ।

बागलुङ नगरपालिका वडा नं. ८ सिगानामा खड्काले परिक्षण स्वरुप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उहाँ उत्साहित बन्नु भएको छ ।

खड्काले पाँच वर्ष अगाडी मात्रै झण्डै एक सय बेमौसमी जातका सुन्तलाका विरुवा लगाउनुभएको थियो । दुई वर्ष देखि ३० भन्दा बढी सुन्तलाको बोटमा सुन्तला फल्ने गरेको छ । अहिले पाकेका सुन्तला उन्सु जातका भएपनी एसोधा र पोङ्कान भने एक महिना पछि पाक्नेछन् ।

“दुई वर्ष अघि सम्म उन्सु मात्रै सुन्तला २०० केजी विक्रि गरेको थिए, अहिले यसको उत्पादन बढेको छ, दशैलाई कोसेलीका रुपमा गाउमै विक्रि समेत भयो अहिले ३०० भन्दा केजी भन्दा बढी सुन्तला पाक्यो” खड्काले भन्नुभयो “अब एक–एक महिनाको फरकमा यसोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती बिस्तार हुन्छ यसलाई छोटो समयमा धेरै सुन्तला उत्पादन गर्ने गरी बगैचा
विस्तार गर्न आवश्यक छ ।”

मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका ५ वटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ । थोरै विरुवा लगाएर भन्दा ठूलो परिणाममा विरुवा लगाउन सके राम्रो हुँने भन्दै आफूले उत्पादन गरेको सुन्तला दशैको कोसेलीक ारुपमा गाउँमै खपत हुँने खड्काको भनाई छ ।
खड्काका वेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने बताउनुभयो । बेमौसी सुन्तलाको प्रतिकिलो रु. १८० मा विक्रि हुँने गरेको छ ।

चार दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आउनुभएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउनुहुन्छ । पाँच वर्ष अघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोट मध्ये ५० प्रतिशत बोटमा सुन्तला फलेको छ । उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ ।

कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मेहनत गर्नुहुने खड्काले कीर्तिपुर स्थित कृषि अनुसन्धान केन्द्रबाट बिभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परिक्षणका लागि लगाउनुभएको थियो । नेपालमा अधिकांश कात्तिक मंसिरमा पाक्ने सुन्तलाका जातको खेती गरिदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानिज जातका सुन्तला लगाउनुभएको हो ।

व्यवसायीक उत्पादन गर्न सके वेमौसमी सुन्तलाको मुल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काले बताउनुभयो । चालिस वर्ष देखि स्थानीय तथा कात्तिक मंसिरमा पाक्ने सुन्तलाको खेती गर्दै आउनुभएका खड्काले हाल सम्म १४ प्रजातीका सुन्तलाका विरुवा लगाउनुभएको छ । उहाँसंग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ । खड्काले मौसमी र बैमौसमी सुन्तला उत्पादन संगै किबी, अलैची, तरकारीको समेत खेती गर्दै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *