बहुउद्देश्यीय सहकारीहरुलाई उद्देश्य केन्द्रीत गराउन लागौँ : महासंघ सञ्चालक जिसी

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई उद्देश्य केन्द्रीत बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

बहुउद्देश्यय सहकारी संघ लिमिटेड बागलुङले आइतवार बिहान आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै जिसीले यस्तो बताउनु भएको हो । सहकारी ऐन अनुसार सबै सहकारी संस्थाहरुले मुख्य उद्देश्य अनुसार काम गर्नु पर्ने प्रावधान भएकाले सहकारीहरुले आफ्नो विनियममा उल्लेख गरेको मुख्य उद्देश्य अनुसारको काम अनिवार्य गर्नु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि स्वनियमन प्रक्रियामा ध्यान दिनु पर्ने बताउनुभयो । सहकारीलाई व्यवसायिक रुपमा अगाडि बढाउन रणनीतिक योजना निर्माणमा जोड दिदै जिसीले योजना बिना गन्तव्यमा पुग्न नसकिने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रुद्र बहादुर केसी, वडा नं. ७ का वडा अध्यक्ष मेघनाथ गैरे लगायतको उपस्थित सहकारीकर्मीहरुले शुभकामना आदान प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा गत स्थानीय निर्वाचनमा निर्वाचित सहकारीकर्मीहरु बानपा वडा नं. ६ का अध्यक्ष केसी र ७ का अध्यक्ष गैरेलाई सम्मान गरिएको थियो । कार्यक्रम बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवरको अध्यक्षता र कोषाध्यक्ष शिवकला थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *