नवौं राष्ट्रिय खेलकुद : आइटिएफ तेक्वान्दोको प्रतियोगिताको बागलुङमा तयारी


–खेमराज गौतम, बागलुङ
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेल बागलुङमा हुदै छ ।

असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीलाई तिब्र पारिएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा सहित विभिन्न जिल्लामा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आइटिएफ खेलको प्रतिस्प्रधा बागलुङमा गर्न थालिएको छ ।

असोज २८ र २९ गते बागलुङ बजारको बाङ्गेचौर खेल मैदान स्थित कर्वड हलमा आयोजना गर्न थालिएको नवांै राष्ट्रिय आइटिएफ खेलकुद प्रतियोगिताको तयारीलाई तिब्रता बनाइएको आइटिएफका केन्द्रिय सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो । “राष्ट्रिय खेलकुद प्रतियोगिता बागलुङमा पहिलो पटक हुदैछ, त्यसमध्ये बागलुङे खेलाडीको रोजाई रहेको आइटिएफ खेल बागलुङमा हुँदैछ, हामीले प्रतियोगिताको तयारी तिब्र बनाएका छौंं,” खड्काले भन्नुभयो “स्थानीय पालिका बागलुङ नगरपालिकाले स्थानीय व्यवस्थापनमा आइटिएफ तेक्वान्दो प्रतियोगिता गर्दै छौं, प्रतियोगिताका लागि ५१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको छ ।”

खड्काका अनुसार बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो मुल व्यवस्थापन समिति गठन गरिएको छ । समितिले प्रतियोगितामा आएको खेलाडीको व्यवस्थापन गर्ने र उद्घाटन सत्तलाई भव्य बनाउने तयारी गरेको छ ।

बागलुङमा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका २५० खेलाडीबीच प्रतिस्प्रधा हुनेछ ।
प्रतियोगिता २१ स्वर्ण, २१ रजत र ५६ काश्य पदकका लागि प्रतिस्प्रधा हुने भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । प्रतियोगितामा ४५ जना रेफ्री सहभागी हुनेछन् ।
खेलको खर्च नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले व्यहोर्ने छ भने स्थानीय व्यवस्थापनको खर्च बागलुङ नगरपालिकाले गर्ने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बागलुङका लागि राष्ट्रिय प्रतियोगिता गर्ने सौभाग्य प्राप्त भएको भन्दै तयारीमा जुटेको श्रेष्ठले जानकारी दिनुभयो ।
खेलको मुख्य समारोह असोज २९ गते बागलुङको कला सांस्कृति झल्काउने झाँकी, बाजा गाजा र कला संस्कृति सहितको हुँनेछ ।
प्रतियोगिताका लागि बागलुङ स्थित बाङ्गेचौर खेलमैदान सहित रहेको कर्वड हल मर्मत गरिएको र बाहिरको प्राङ्गणाई सुधार गरिएकोे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
बागलुङमा आइटिएफमा सर्वाधिक वढी खेलाडी हुनु र राष्ट्रिय प्रतियोगिता समेत बागलुङमा आयोजना हुनेभएकाले खेलाडी वर्गमा उत्साह छाएको छ ।

नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भएको गण्डकी प्रदेश स्तरीय छनौंट प्रतियोगितामा बागलुङले ८५ पदक प्राप्त गरेको थियो ।

आगमी असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदशेमा सञ्चालनमा आउने नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा बागलुङले ४४ स्वार्ण, २२ रजत र १९ काश्य पदक प्राप्त गर्न सफल भएको हो ।

बागलुङले गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा सबैभन्दा बढी पदक प्राप्त गरेको छ । आइटिएफ तेक्वान्दोमा १७ स्वर्ण, २ रजत र २ काश्य पदक प्राप्त गरेको खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *