मन्त्री पौडेलद्वारा राष्ट्रिय खेलकुद प्रतियोगिता स्थलको निरिक्षण


आदर्श अनलाइन, बागलुङ
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङको प्रतिष्ठासंग जोडिएको बताउनुभयो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बागलुङमा हुने आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीको विषयमा आज बागलुङको बाङ्गेचौर स्थित कवर्डहलको स्थलगत अवलोकनपछि मन्त्री पौडेलले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीलाई चुस्त पार्न आग्रह गर्नुभयो ।

उहाँले आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङमा गर्नु र बागलुङका खेलाडीले गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा धेरै पदक प्राप्त गर्नुले बागलुङको प्रतिष्ठा संग उक्त खेल जोडिएको बताउनुभयो । “पहिलोपटक बागलुङमा राष्ट्रिय खेलकुद अन्र्तगतको आइटिएफ प्रतियोगिता हुन गइरहेको छ, यो बागलुङको प्रतिष्ठा संग जोडिएको विषय हो” मन्त्री पौडेलले अवलोकन पछि भन्नुभयो “तयारीमा कुनै कसर बाँकी नराख्नु, जिल्लामा आएका देशभरका खेलाडीले बागलुङ चिन्ने मौका दिनुपर्दछ ।”

मन्त्री पौडेलले खेलकुद प्रतियोगिताको तयारी, खेलाडी व्यवस्थापन लगायतका विषयमा स्थलगत अवलोकन गर्नुभएको आइटिएफ नेपालका केन्द्रिय सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो । २९ गते आइटिएफ खेलको मूल समारोहको उद्घाटन मन्त्री पौडेलबाट हुने खड्काले बताउनुभयो ।

असोज २९ गतेदेखि बागलुङ बजारमा संचालन हुने नवौंं राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा ७ प्रदेश, तीन बिभागीय गरी १० टीमका २५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टिम कोच र अफिसिएल तथा म्यानेजर सहभागी हुनेछन् ।

प्रतियोगिताको तयारीका लागि बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय ब्यवस्थापन समिति गठन गरिएको छ । बागलुङमा पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितामा खेलाडीहरूले ४५ स्वर्ण ४५ रजत र ३० काश्य गरी कूल १२० पदकका लागि प्रतिस्प्रधा गर्ने जिल्ला खेलकुद विकास समिति बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *