तंग्राम ठूलोगाउँका छ घर उच्च जोखिममा


आदर्श अनलाइन, बागलुङ
निरन्तरको वर्षाका कारण पहिरोजादा काठेखोला गाउँपालिका–४ तंग्रामको ठूलोगाउँका छ घर उच्च जोखिममा परेका छन् ।

गत असारबाट जान थालेको पहिरो अहिले सम्म नरोकिदा घर छोडेर हिड्नुपर्ने अवस्थामा आएको ठूलोगाउँका स्थानीयको गुनासो रहेको छ ।

स्थानीय जंग बहादुर दर्जी, प्रेम दर्जी र कुमार दर्जी सहित छ परिवारको घर पहिरोको उच्च जोखिममा परेको छ । घर भन्दा एक सय मिटर तलबाट निरन्तररुपमा जमिन चिरा चिरा परेर घरसम्मै पहिरो जादा स्थानीयहरु विस्थापित हुने चिन्ता बढेको जंग बहादुर दर्जीले बताउनुभयो ।
“असारमा अलि अलि चर्केको थियो, अहिलेको बेमौसमी वर्षाका कारण जमिन छिया छया बनेको छ, घरमा पकाउने खाने मात्रै हो सुत्ने र लत्ता कपडा छिमेकीको घरमा लगेर राखेका छौं” दर्जीले भन्नुभयो “घर तल सडक खनेपछि पहिरो बग्न थालेको थियो तर घरसम्मै पहिरो आउला भन्ने थिएन, वडा कार्यालयले दिएको प्लाष्टिकले पहिरो ढाकेर कति दिन टिक्ला र पहिरोले मेरो घर सहित स्थानीय छ परिवारको उठिवासनै लगाउने भयो ।”

घर मात्रै नभएर नवनिर्मत पदमार्ग समेत भासिन थालेको स्थानीयले बताएका छन् । पहिरो रोकथामका लागि प्लाष्टिकले ढाक्ने व्यवस्था मिलाइएको भएपनि यहाँ पहिरोका कारण घर विस्थापित हुने अवस्थामा पुगेको काठेखोला गाउँपालिका–४ तंग्रामका वडा अध्यक्ष लक्ष्मण पुनले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *