बागलुङमा पाँच जनाको उम्मेदवारी फिर्ता

आदर्श अनलाइन, बागलुङ

मंसिर चार गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उमेदवारी फिर्ता गर्ने अन्तिम दिन आज बागलुङमा पाँच जनाले उम्मेवारी फिर्ता लिएका छन् ।

जिल्लामा मनोनयन दर्ताका क्रममा ३६ जनाको उम्मेदवारी परेकोमा आज पाँच जनाले उम्मेदवारी फिर्ता लिएसंगै ३१ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिनुभयो ।

बागलुङ क्षेत्र नंं १ बाट १ जना र क्षेत्र नंं २ बाट ४ जनाले गरी जम्मा ५ जनाले उमेदवारी फिर्ता लिएका हुन् । बागलुङ क्षेत्र नंं १ का प्रतिनिधिसभाका उमेदवार कृष्ण शंकर श्रेष्ठले बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नाम फिर्ता लिएका हुन् । क्षेत्र नं. १ बाट श्रेष्ठबाहेक अन्यको उम्मेदवारी कायम रहेको छ ।

मुख्य निर्वाचन अधिृकतको कार्यालयले प्रकाशित गरेको अन्तिम नामाबलीमा प्रतिनिधिसभा तर्फ ६ जना उमेदवार कायम रहेका छन् । कायम रहनेमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमालेका नेता सूर्य पाठक, राप्रपाका उम्मेदवार लक्ष्मी प्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द सापकोटा, नेपाली कांग्रेस बिपीका शिवलाल सापकोटा र स्वतन्त्र उमेदवार चन्द्रबहादुर क्षेत्री छन् ।

क्षेत्र नम्बर १ प्रदेश तर्फ (क) मा ५ जनाको उमेदवारी कायम छ । ती मध्ये कांग्रेसका दिपेन्द्रबहादुर थापा, एमालेका हिराबहादुर केसी, राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर बिक र स्वतन्त्र उमेदवार दिपेन्द्र हमाल छन् ।

क्षेत्र नंं १ को प्रदेशसभा (ख) मा ४ जना मात्रै उम्मेदवार कायम रहेका छन् । यो क्षेत्रमा कांग्रेसका डिल्लीराम सुवेदी, एमालेका नवराज पौडेल, राप्रपाका गोबिन्द सापकोटा र मंगोल नेशनल अर्गनाइजेसनका सहबीर थापा उमेदवार छन् ।

बागलुङ क्षेत्र नंं २ मा प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार गणेशकुमार थापाले फिर्ता दिनुभएकाृ छ । यस्तै क्षेज्ञ नम्बर दूईको प्रदेश सभामा स्वतन्त्र उम्मेदवार भिमलाल पोखरेल, दिपक थापा र करमती पुनले उम्मेदवारी फिर्ता लिएका छन् ।

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेल र एमालेका मञ्जु शर्मा चालिसेको उम्मेदवारी कायम छ । सोही क्षेत्रमा अर्का स्वतन्त्र उमेदवार तुलसी अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, स्वतन्त्र डिलबहादुर कार्की नेकपा जनमुक्ती पार्टीका चित्रप्रसाद गुरुङको उम्मेदवारी कायम छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *