बरेङ गाउँपालिकाका वडा सचिव बिहिन


आदर्श अनलाइन, बागलुङ

बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालयहरु वडा सचिव बिहिन बनेको छ ।

पाँच वटा वडा रहेको बागलुङको बरेङ गाउँपालिका वडा सचिव बिहिन पालिका बनेको छ ।

भौगोलिक हिसावले दुर्गम पालिकामा गनिने बरेङ गाउँपालिकाका दरबन्दी अनुसारका वडा सचिवहरु सरुवा भएपछि एक महिनादेखि बरेङ गाउँपालिका वडा सचिव बिहिन बनेको हो ।

पाँच वटै वडाका वडा सचिवहरु सरुवा भएर गइसकेका कारण पाँच वटै वडामा अन्य शाखाका कर्मचारीहरु खटाएर जनताको काम नरोकिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो ।

अहिले बरेङका पाँच वटै वडामा स्वास्थ्य, कृषि र पशु शाखाका कर्मचारीहरुलाई वडा सचिवको काममा खटाइएको गाउँपालिका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

प्रशासन तर्फका वडा सचिवहरु नहुँदा प्राविधिक कर्मचारी खटाउदा समस्या भएको छ ।

“सवै वडा सचिवहरु सरुवा भएर जानुभयो, अहिले वडा सचिव बिहिन गाउँपालिका बनेको छ तर हामीले जनताको सेवालाई निरन्तरता दिन वडामै रहेका स्वास्थ्य, कृषि र पशु शाखाका प्राविधिक कर्मचारीहरुलाई वडा सचिवको जिम्मेदवारी दिएका छौं” गाउँपालिका अध्यक्ष शर्माले भन्नुभयो “दुर्गम पालिका भएर होला सकभर सरुवा भएर सुगमै जान रुचाउनेले यस्तो भएको हुनसक्छ र प्रशासनिक सेवाका कर्मचारी करारमा समेत राख्न मिल्दैन, तिहार पछि सम्म वडा सचिव ल्याउने हाम्रो पहल भइरहेको छ ।”

बरेङ गाउँपालिका वडा नम्बर १ को कार्यालयमा स्वास्थ्यकर्मी, वडा नम्बर २ को कार्यालयमा कृषि प्राविधिक, ३, ४ र ५ नम्बर वडा कार्यालयमा पशु प्राविधिक सेवाका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर रानाले जानकारी दिनुभयो । उहाँले तिहारपछि दरबन्दी अनुसारका सचिवहरु पदपूर्ती गर्ने बताउनुभयो । रानाका अनुसार तिहार पछि प्रशासन तर्फ पाँचौ तहका चार जना कर्मचारी आउने भएकाले समस्या हुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *