बेगनास तालमा डुंगा दुर्घटनाः १ जना वेपत्ता, १ जनाको उद्धार

आदर्श अनलाइन, पोखरा
पोखराको बेगनास तालमा शुक्रबार ढुंगा दुर्घटना भएको छ । दिउँसो सबा ३ बजेको समयमा बेगनास तालमा घुम्न पुगेका श्रीमान÷श्रीमती दुर्घटनामा परेका हुन् ।

ढुंगा दुर्घटनामा श्रीमतीको उद्धार गरिएको छ भने श्रीमान बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

बेपत्ता हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी लालबहादुर गुरुङ छन् । दुघटना लगत्तै स्थानीयले श्रीमतीलाई उद्धार गरेपछि गुरुङ बेपत्ता रहेको डिएसपी तिवारीले बताए । ‘उहाँको खोजी कार्य भइरहेको छ । बेगनासताल घुम्न जानुभएको उहाँहरुको ढुंगा एक्कासी पल्टिएको स्थानीयहरुले बताउनुभएको छ । अहिले स्थानीयको सहयोगमा श्रीमतीलाई उद्धार गरिएको छ,’ तिवारीले भने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *