नवौं राष्ट्रिय खेलकुद : बागलुङमा आइटिएफ तेक्वान्दो प्रतियोगिता


आदर्श अनलाइन, बागलुङ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत शनिबारदेखि बागलुङमा आइटिएफ तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गर्नुभयो । उहाँले राष्ट्रिय खेल बागलुङमा हुनु गर्भको कुरा भएको बताउनुभयो ।

“आइटिएफको उर्भर भूमीमा पहिलोपटक नवौं राष्ट्रिय खेल आयोजना भएको छ, यहाँ खेल प्रतियोगिता आयोजना गर्नका लागि धेरैले सहयोग गर्नुभएको छ” श्रेष्ठले भन्नुभयो “बागलुङमा प्रतियोगिता आयोजना गर्दा बागलुङको पर्यटनको विकासमा समेत टेवा पु¥याउनेछ ।”

No description available.

श्रेष्ठले बागलुङमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा सहयोग गर्ने खेलाडी, पालिका तथा कर्मचारीहरुलाई धन्वयाद दिनुभयो । कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताकोे स्थानीय संयोजनको जिम्मा बागलुङ नगरपालिकाले लिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरा सहित विभिन्न जिल्लामा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आइटिएफ खेलको प्रतिस्प्रधा बागलुङमा शुरु भएको छ । अहिले बागलुङमा आइटिएफ तर्फका २५० खेलाडी सहभागी हुने बागलुङ नगरपालिका उपप्रमुख तथा आइटिएफका केन्द्रिय सचिव राजु खड्काले जानकारी दिनुभयो ।

No description available.

बागलुङ बजारको बाङ्गेचौर खेल मैदान स्थित कर्वड हलमा प्रतियोगता सञ्चालन गरिएको छ । बागलुङ बजारको नारायण चोकदेखि बाजा, गाजा, लाखे नाँच, घोडा नाँच, सती घाटु नाँच र विभिन्न झाँकी सहित बाङ्गेचौर खेल मैदानमा पुगेर खेलको भव्य उद्घाटन गरिएको थियो ।

प्रतियोगिताका लागि हल तयार भइसकेको र बाहिर स्वागत गेट तथा विभिन्न सजावट गरिएको छ । खेलाडी तथा अतिथिले बागलुङ कजार चलायमान भइरहेको छ । बागलुङमा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका २५० खेलाडीबीच प्रतिस्प्रधा हुनेछ ।

No description available.

आज उद्घाटनपछि प्याटन र स्पाईरिङका केही विधासमेत सञ्चालन गरिएको छ । पुरुष तर्फ बिल्यु बेल्डको प्रतियोगिता भएको छ ।नवौंं राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा ७ प्रदेश, तीन बिभागीय गरी १० टीमका २५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टिम कोच र अफिसिएल तथा म्यानेजर सहभागी भएका छन् ।

No description available.

बागलुङमा पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितामा खेलाडीहरूले ४५ स्वर्ण ४५ रजत र ३० काश्य गरी कूल १२० पदकका लागि प्रतिस्प्रधा गर्ने जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

No description available.

खेल प्रतियोगिताका लागि कर्वर्ड हल र बाङ्गचौर खेल मैदान चिटिक्क पारिएको छ । कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, प्रमुख जिल्ला अधिकारी रशेम ढकाल, आइटिएफका अध्यक्ष रन्जन धमाला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No description available.

कार्यक्रम जिल्ला खेलकुद विकास समितिका बागलुङका अध्यक्ष कुमार खड्काको अध्यक्षता, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको स्वागत मन्तव्य तथा पत्रकार राम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *