विद्यामन्दिर पुस्तकालयको नवनिर्वाचित समितिलाई स्वागत तथा पदस्थापन

आदर्श अनलाइन, बागलुङ

विद्यामन्दिर पुस्तकालय बागलुङको नवनिर्वाचित कार्यसमितिको आईतबार पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

पुस्तकालयको ७४ औ साधारण सभा तथा ३६ औ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुको पदस्थापन गरिएको पुस्तकालयले जनाएको छ । सो अवसरमा पुस्तकालयका निवर्तमान अध्यक्ष रामप्रसाद शर्माले नवनिर्वाचित अध्यक्ष राम थापा लाई माईनेट र चाबी हस्तान्त्रण गर्नुभएको थियो ।

कार्यक्रममा निवर्तमान अध्ययक्ष शर्माले नवनिर्वाचित अध्यक्ष थापा लाई र नवनिर्वाचित अध्यक्ष थापाले नयाँ पदाधिकारी र सदस्य लाई पदस्थापन गराउनुभएको थियो ।

समितिको उपाध्यक्ष रामचन्द्र शर्मा, सचिव राजनप्रसाद शर्मा, सहसचिव युक्तप्रसाद सुबेदी र कोषाध्यक्ष कोपीला कँडेल रहेका छन् । त्यसैगरी समितिका सदस्यहरुमा युगेन्द्र श्रेष्ठ,सुसिला श्रेष्ठ, गोबिन्द वझा, राजेशचन्द्र राजभण्डारी,काजिगाउले श्रेष्ठ,सुधिर श्रेष्ठ, निर्मल बहादुर श्रेष्ठ, दल थापा र धनमाँया शर्मा रहेका छन् ।

सो अवसरमा बोल्दै पुस्तकालयका नवनिर्वाचित अध्यक्ष राम थापाले पुस्तकालयको समग्र बिकासका लागि सबै संग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा पुस्तकालयका पुर्व अध्यक्ष लालचन्द्र राजभण्डारी,राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, पुर्व अध्यक्ष तथा बिधान संसोधन समितिका संयोजक महेशचन्द्र प्रधान, निवर्तमान अध्यक्ष रामप्रसाद शर्मा र पत्रकार महासघंका उपाध्यक्ष नविन शिशिर विक लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम निर्वाचन समितिका संयोजक ईश्वर प्रसाद मलेपतिको अध्यक्षता, पुस्तकालयका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको स्वागत मन्तव्य र निर्वचन समितिका सदस्य गोबिन्द अझाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *