सरोजराज पन्त
आमचुनाव–२०७९ नजिकिंदै गर्दा मुख्य राजनीतिक दलहरूबीच ध्रुवीकरण बढेको छ । सत्तारुढ गठबन्धनले साझा उम्मेदवारी दिने प्रक्रिया अगाडि बढाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि साना दलहरूसँग तालमेलको प्रयत्न गरेको छ । गठबन्धनको राजनीतिले लोकतान्त्रिक पद्धति संस्थागत नहुने र फरक विचारधाराका राजनीतिक शक्तिहरूबीच सत्तामा पुग्ने उद्देश्य मात्रै राखेर सिट संख्या भागबण्डा गर्दा संविधानको मर्म र भावना अनुरुप नहुने स्पष्ट छ । गठबन्धनको राजनीतिले लोकतन्त्रलाई कमजोर बनाउने देखिन्छ । गठबन्धको अहिलेको अभ्यासले राजनीतिक परिणामले महिलाहरु अझ बढी सीमान्तकृत हुने भए । भागबण्डामा आधारित राजनीतिको विकासले राजनीतिक समस्या थपिदिएको छ ।
समावेशी राज्य व्यवस्था अनुरुप मिश्रित समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएको भएता पनि लोकतान्त्रिक पद्धतिको संस्थागत विकास गर्ने कुरामा राजनीतिक दल, तिनको नेतृत्व र कार्यकर्ताहरुको कार्यशैली स्पष्ट हुन सकेका छैनन् । लोकतान्त्रिक मूल्यमान्यता बमोजिमको आचरण, व्यवहार भएको देखिंदैन । शीर्ष दलका नेताहरूबीच हुने छलफल र तिनका स्वार्थमा भइरहेको गतिविधिले लोकतन्त्र अगाडि बढला ? लोकतन्त्रमा पार्टीहरूको ‘एलाइन्स–सिन्डिकेट’ अगाडि बढिरहदा लोकतन्त्रमा प्रश्न उठेकोे छ ।
अहिले पनि राजनीतिक संरचनामा नेतालाई विश्वास गर्ने र ठूलो–सानो मान्छे भन्ने सामन्तवादको अवशेष बाँकी नै छ । राजनीतिक प्रक्रियामा भ्रष्टीकरण हुँदै मनी, मसल (पैसा र शक्ति) र दलाल प्रवृत्ति हावी हुँदै आएको देखिन्छ । अहिलेको निर्वाचन प्रक्रिया, राज्यका संवैधानिक अंगहरूबीच अन्तरनिर्भरता र प्रतिस्पर्धात्मक प्रक्रियामा समस्या देखिएको छ । लोकतान्त्रिक प्रक्रिया संस्थागत गर्दै अगाडि बढ्न नेतृत्वमा आत्मविश्वास नभएको कारण गठबन्धन प्रमुख हतियार बनेको हो । अहिलेको सत्तापक्ष तथा प्रतिपक्षको गठबन्धनभित्र कुनै राजनीतिक सोच, चिन्तन र योजना नभई कसरी चुनाव जित्ने भन्नेमात्र रहेको छ । नेपाललाई कस्तो बनाउने ? लोकतान्त्रिक पद्धति कसरी संस्थागत गर्ने, बेरोजगारी समस्या कसरी समाधान गर्ने भन्ने चिन्तन भन्ने केही देखिदैैन ।
जनभावनाको कदर गर्ने ज्ञानको अभाव, आत्मविश्वासको कमी, सामन्तवादी सोच, राजनीतिक नेतृत्वमा लोकतान्त्रिक मूल्यमान्यताबारे बुझाइको कमि, आफन्तबाद, सिद्धान्तको कार्यान्वयन गर्ने आत्मविश्वासको अभाव, सामन्ती सोच बदलिन नसक्नु, निष्ठाको राजनीतिबाट दलहरू चल्न नखोजी दलालबाट चल्ने स्थिति बन्नु आदि यसका प्रमुख समस्या हुन । यसैगरी निर्वाचन पद्धति खर्चिलो हुनु अर्को समस्या हो ।
जनताका समस्याहरु दिन प्रतिदिन बढिरहेका छन् । धेरै मानिसहरु घरवारविहीन भएका छन । बेरोजगारी समस्या बढदो छ । मानिसहरु रोग, भोक, शोकले मरिरहेका छन् । वितृष्णाको कारण आत्महत्या दर निकै बढिरहेको छ । मानिसहरुका सपनाहरु चकनाचुर भएकाले शहरदेखि गाउँसम्म मानसिक रोगी बन्ने क्रम तिव्र गतिमा बढेको छ । तर जनताले पाँच वर्षको लागि अत्यधिक बहुमतले दिएर जिताएको स्थिर र शक्तिशाली सरकार आफनै स्वार्थ र शतिmको खिचातानीले तहस नहस बाएको छ । नेतामा जनसेवामा देखिएको छैन । चुनावमा भोट लिन फकाइतुल्याइ र झुटो आश्वासन दिन पोख्त नेताको सरकार अहिले नागरिकका दुःखमाथि दुःख वर्षाउन तम्तयार छ ।
नागरिकका दुख,कष्ट र सास्ती टुलुटुलु हेरेर बस्ने सरकार कसरी जनताको सरकार हुन्छ ? आज आम नागरिकमा यो प्रश्न उठाइ रहेका छन । केन्द्रदेखि स्थानीय सरकार जता हे¥यो उतै सरकार तर तालमेल नभएर काम हुदैन । यो कसरी जनताको सरकार हो यदि नागरिकका सास्तीले कति पनि पिरोल्दैन भने । जनताको नाम बेचेर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा मपाईतन्त्र, ठालुतन्त्र, आफन्ततन्त्र ,छाडातन्त्र भित्राए पछि कसरी जनताकालागि शासन हुन्छ, जनअपेक्षा पुरा हुन्छन र गणतन्त्र सस्थागत हुन्छ ?
के नेपालको लोकतान्त्रिक अभ्यास भनेको चुनाव जित्नु मात्र हो ? जित्नेले टिकट लिनु र फेरि जित्नु हो ? यसरी नै लोकतन्त्र बाँच्छ ? शीर्ष नेताबीच जुट्ने सहमतिलाई राजनीति–लोकतन्त्र भनियो । सबै भागबण्डाबाट चल्ने प्रणाली विकसित भयो । संवैधानिक परिषद प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा र प्रतिनिधिसभाका सभामुखले हस्ताक्षर गर्नु अगाडि आफना मान्छेका लागि भाग खोज्ने ठाउँ राखिनुले जन गुनासा बढदै गएका छन ।
कुनै दलले बहुमत ल्याएपछि पनि त्यही दलभित्र भागबण्डाको लफडा गर्ने, उनीहरू पालो पुगेन भने असहयोग गर्ने चलन बढेको छ । नेपालमा एकपटक नेता भइसकेपछि जिन्दगीभर नेता भइरहेने अवस्था छ । राजनीतिमा निर्वाचन जित्नकै लागि भ्रष्टीकृत उपाय अपनाउन थाल्दा लोकतान्त्रिक मूल्य–मान्यतामा चल्न पद्धति ओझेल पर्दै गएको छ । गठबन्धनले राजनीतिक प्रतिबद्धता र विचारधारा पनि ओझेलमा पारिदियो । एउटा पाटी जिन्दावाद, तर भोट अर्कोमा दिनै पर्ने अवस्था छ । यसरी चुनाव जितेर पाँच वर्ष सरकार चलाउन झनै कठिन हुनेछ । विगतको अभ्यासले गर्दा झनै राजनीतिक चिन्ता बढने छ । गठबन्धन गरेर लोकतन्त्रमा जनताले आफ्नो नेता चयन गर्नु पाउने अधिकार कुन्ठित बनाएको छ । लोकतन्त्रमा नेताले मतदाता सिर्जना गरिरहेको आभाष गरेका छन् । जनताले नेता छानिरहेता पनि चुनिएको नेताले हैकमवाद चलाएका छन्् । त्यसका लागि नागरिक सचेतना जरूरी छ । नेपाली राजनीतिमा स्वार्थीपना बढेको छ । नेताहरु समाजको हितभन्दा आफ्नो, परिवारको, आफन्तको हितलाई केन्द्रमा राख्ने प्रवृत्ति संस्कारकै रूपमा विकास हुँदै गएको छ । स्वार्थीभावको कारण मानवता पनि हराउँदै गएको छ ।
एम.सी.सीका विरुद्धमा दल सडकमा आएन, दिनहुँ भष्ट्राचार बढी रहँदा भष्ट्राचार नियन्त्रण होस् भनी कहिल्यै आन्दोलन र आवाज उठेन नत माइती घर मण्डलमा विरोध प्रदर्श गयो । भारतले सीमा मिच्दा कोही सडककमा आएनन, निर्मला लगायतका सयौँ चेली बलात्कृत भई मारिदा कुनै दल सडकमा उर्तीयन तर अहिले पद फुस्किदाँ, अवसर गुम्दा फेरी जनता चाहिने के जनता रुपी फाल्ने प्रवृति हावी भए फेरि जनताको विश्वास जनमत किन चाहियो ? हरुवाहरुलाई पुन असंवैधानिक रुपमा पद दिदैँ जाने हो भने यो संकटमा चुनावका लागि किन अरवौँ डुवाउने ? यो जनताको आक्रोस मात्र होइन तितो सत्य हो ।
पार्टीहरूमा एकले अर्कोलाई पछि पारी आफू मात्रै अगाडि जाने प्रवृत्ति छ । यही भएर सबैजसो पार्टीमा गुट, उपगुटहरु देखिन्छन् । स्वार्थी समूहहरु हावी छन । दलहरूकै चरित्र द्वैध हुनु गम्भीर समस्या बनेको छ । चुनावमा राष्ट्रियताको नारा लगाउने, ठूला–ठूला चुनावी घोषणा बनाउने तर हुन्छन् तर गर्छु भनेको काम गर्न नसक्ने कार्यले स्वार्थ नभएका इमानदार नेताहरू पनि ओझेलमा परेका छन ।
यसरी राजनीति प्रतिको साख र दृष्टिकोण नकरात्मक बन्दै गएमा जन धारणामा समेत नकरात्मक सोच आउने र नेता, राजनीतिज्ञ प्रति थप आक्रोस बढने देखिन्छ । जनमत र जनभावनाको कÞदर नगर्ने परिपाटीले गर्दा निर्वाचनमा मतदान नगर्नेको सख्या बढन सक्दछ । यदि जनमतको सम्मान, सर्मथन र भावनाको अपमान भई कÞदर नगर्ने परिपाटीको विकास भएमा, राजनीतिलाई फोहोरी खेलको सज्ञा दिने कार्य बढदै गएमा यो व्यबस्था माथि नै अनैकौ प्रश्न उठने र तीनवटा खसीको टाउकाको लडाईमा अर्को शतिmले फाइदा लिएको दृष्तान्तलाई आत्मसाथ गरी गणतन्त्रलाई सस्थागत गर्न तर्फ सम्बद्ध दल वा पाटी, राजनीतिज्ञ, नेता, कार्यकर्ता तथा सचेत नागरिक समयमै चतुर बन्न आवश्यक छ ।
चुनावको समयमा व्यक्तिगत रुपमा इमान्दारी नीति र सिद्धान्त राम्रो भएको व्यक्ति र दललाई भोट दिने, पटक–पटक धोका दिएको, रक्सी र मासु खुवाउने धेरै पैसा खर्च गर्ने र आफुले चिनेको ठाउँमा वा पहिल्लै जहाँ दिएको हो त्यही दिने नगर्ने, कालोबजारीको विरोध गर्ने, राष्ट्रियताको चर्काे नारा लगाउने, विदेशी सामान तस्करी गर्ने, राज्य सञ्चालकहरुले समेत देशको कृषि उद्योग जडिबुटी खानी बन्द गराउने, सबै कुरा विदेशबाट ल्याएर चलाउने, यहाँ आयुर्वेद र वैद्यका सेवाहरुलाई उकास्न नदिने, असल र इमान्दार व्यक्तिले सामाजिक विचार भएको नेतृत्व चयन गर्न पाएमा समाजको प्रगति तीव्र रुपमा अगाडि बढाउन सक्ने, समस्या समाधान गर्न खोज्ने, नैतिक शिक्षाका साथसाथै विकास र समृद्धिको प्रष्ट खाका बनाएर अगाडि बढ्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकासका भोका, ज्ञान, विज्ञानको खोज र अनुसन्धानमा लगानी गर्ने,स्रोत साधन, प्रविधिको अधिकतम प्रयोग गरी राज्यको नीति केन्द्रित गरी विकास गर्न सक्ने नेता छान्न सक्नु पर्दछ ।