सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

आदर्श अनलाइन, बागलुङ
सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।

आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

May be an image of text that says "नेपाल सरकार गृह मन्त्रालय पत्र सख्या:- प्राप्त पत्र संख्या र मिति:- च.नं.:- नेपाल মাগকরি गह सिंहदरवार, काठमाडी, नेपाल ー सार्वजनिक विदा सम्बन्धी सूचना संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सवै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहर, विदेशस्थित कूटनीतिक नियोगहरमा मिति २०७९ साल कार्तिक ૧ गते मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारवाट निर्णय भएको हुंदा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ मिति: २०७९/०६/३१ फणिन्द्रमर्णि पोखरेल सहसचिव/प्रवक्ता जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *