एमाले उमेद्वार घरदैलोमा : जनताको साथ पाउने दावी

आदर्श अनलाइन, बागलुङ
आगामि मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बागलुङमा नेकपा एमालेका उमेद्वारहरुले बिभिन्न संगठनसँग भेटघाट तथा घरदैलो अभियान सुरु गरेका छन् ।

बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभा तथा क्षेत्र नं. १ को ‘ख’ प्रदेशसभाका उमेद्वारहरुले सोमबार बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा घरदैलो गरेका छन् । क्षेत्र नं. १ ‘क’ प्रदेशसभामा भने सोमबार बागलुङ नगरकमिटि र काठेखोला गाउँकमिटिको बैठक तथा योजना निर्माण सम्पन्न भएको छ ।

बलेवामा घरदैलो गर्दै प्रतिनिधिसभाका उमेद्वार डा.सूर्य पाठकले सडक पूर्वाधार बिकासमा एमाले सरकारले बागलुङ क्षेत्र नं. १ लाई बिषेश प्राथमिकता दिएको बताए । बागलुङ कुश्मीशेरा सडकको २१ किलोमिटर सडक मध्ये १९ किलोमिटर सडक कालोपत्र गनेदेखि बलेवा बिमानस्थलको कालोत्रको काम एमाले सरकारका पालामा भएका महत्वपूर्ण काम भएको बताए ।

प्रदेशसभा ‘ख’का उमेद्वार नवराज पौडेलले बागलुङबाट ४ जना एमाले नेता सामानुपातीक निर्वाचन प्रणालिबाट प्रदेशसभा सदस्य हुने पक्का भैसकेको भन्दै अब प्रत्यक्ष तर्फ जीत हाँसिलगर्ने एमालेकै पालो भएको बताए ।

बागलुङ क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ अन्तरगत बागलुङ नगर कमिटि र काठेखोला गाउँ कमिटिले पालिका कमिटिका बैठक बसेर योजना निर्माण गरेको बताईएको छ । उमेद्वार हिरा केसी सहित एमाले नेताहरु सहभागि बैठकले एमाले उमेद्वारको जीतका लागि आवश्यक तयारी गर्नेगरी बैठकले निर्णय गरेको छ ।

बागलुङ क्षेत्र नं. २ मा एमाले उमेद्वार मञ्जु शर्मा चालिसेले निसीखोला गाउँपालिकाको भलकोटबाट घरदैलो अभियान थालेकी छन् । उनीसँगै क्षेत्र नं. २ प्रदेसभा ‘ख’का उमेद्वार लक्ष्मण पुन घरदैलोमा पुगेका हुन् । घरदैलो गर्दै चालिसेले जिल्लाभरमै एकमात्रै महिला उमेद्वार आँफु भएकाले जिल्लाकै नेतृत्व गर्ने अबसर दिन आग्रह गरिन् । उनले क्षेत्र नं. २ मा समुदायको माग अनुसारका उमेद्वार एमालेले पठाएको भन्दै सम्बन्धित क्षेत्रकै उमेद्वारलाई जीत्ने हक लाग्ने बताईन् । उनले भिजिटर उमेद्वारले जित्दा सम्बन्धित क्षेत्रको बिकासमा बाधाहुने भन्दै आफ्नो जीत जनताको जीत भएको बताईन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *