बागलुङ बजारमा एमालेको प्रचार सम्पर्क कार्यालय

आदर्श अनलाइन, बागलुङ
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन परिचालन लगायत प्रचार अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ एमाले निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ ।

बागलुङ बजारको शिवधाराचोकबाट जीपपार्क जाने बाटोमा सञ्चालनमा ल्याइएको निर्वाचन सम्पर्क कार्यालयको पार्टीका गण्डकी प्रदेश सल्लाहकार कमिटिका सदस्य तथा जेष्ठ नागरिक गंगाराम उपाध्यायले उद्घाटन गर्नु भएको थियो ।

प्रतिनिधिसभा र प्रदेश सभा क क्षेत्रमा निर्वाचन परिचालनका लागि सञ्चालन गरिएको निर्वाचन सम्पर्क कार्यालयबाट पार्टीको सम्पूर्ण निर्वाचन परिचालनको काम गरिने एमाले जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव अमर बहादुर थापाले जानकारी दिनुभयो ।

एमालेका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नंं १ का उमेदवार डा.सूर्य पाठक र प्रदेशसभातर्फका उमेदवार हिरा बहादुर केसीले सम्पर्क कार्यालयमार्फत आम मतदाताहरुमा पार्टीका दस्तावेज, प्रचार सामग्री र प्रचार अभियान पु¥याइने जानारी दिनुभयो ।

एमाले पोलिटव्यूरो सदस्यद्वय लिला बहादुर थापा मगर र मन कुमारी केसी जिसी, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटा, प्रदेश कमिटि सचिवालय सदस्य जनक पौडेल लगायतले आगामी निर्वाचनमार्फत मुलुकको राष्ट्रियताको संरक्षण, तिब्र आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि एमालेको नेतृत्वमा सरकार बन्नु पर्नेमा जोड दिनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *