सहकारीलाई उत्पादन र रोजगारसँग जोडौ : अध्यक्ष प्रचण्ड

आदर्श अनलाइन,काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आधारभूत जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि सहकारी क्षेत्रको सक्रियता र प्रभावकारीमा जोड दिनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिवार काठमाडौंमा वधाई तथा शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

यो देशका सबै राजनीतिक दलहरुको सहभागितामा समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी सहितको सहभागितामा अगाडि बढ्ने गरी अर्थतन्त्रको परिकल्पना गरिएको भन्दै उहाले सहकारीलाई उत्पादन वृद्धि र रोजगारी सिर्जनातर्फ अग्रसर गराउनु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय सहकारी महासंघले सरकारसंगको समन्वयमा देशभरका सहकारीहरुलाई उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने अभियानमा सक्रिय बनाउनु पर्नेमा जोड दिदै अध्यक्ष प्रचण्डले त्यसका लागि पार्टीहरुको तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा महासचिव विष्णु पौडेलले नेपालको समृद्धिका लागि सहकारीलाई राज्यले प्राथमिकता दिएकाले यो क्षेत्रमा काम गर्नेहरु थप सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनुभयो । हामीले सहकारी क्षेत्रलाई ओझेलमा परेको हेर्न सक्दैनौ, सहकारी क्षेत्र शसक्त हुनका लागि यसको लक्ष्य, राज्यले लिएको योजना र जनतासंगको सम्बन्धलाई थप प्रभावकारी बनाउनु पर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा महासंघका नवनिर्वाचित लेखा समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारीलाई समाज रुपान्तरणका महत्वपूर्ण र प्रभावकारी माध्यमका रुपमा अगाडि बढाउनका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।

महासंघको २७ औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष मिनराज कंडेल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेशप्रसाद पोखरेल, लेखा समितिका संयोजक धर्मदत्त देवकोटा लगायत महासंघका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *