आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा


आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका सञ्चालक राजकपुर श्रेष्ठ, शेयर सदस्य शशिकपुर श्रेष्ठका पिता तथा शेयर सदस्यहरु राजेश्वरी श्रेष्ठ, विधाता श्रेष्ठका ससुरा पद्यनारायण श्रेष्ठको निधन प्रति दुःख व्यक्त गर्दै आज घरमै पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर २ गुठी निवासी श्रेष्ठको निधन भएको ५ औं दिनको पुण्यतिथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) सल्लाहकार रुद्र बहादुर महत, सञ्चालक शान्ति श्रेष्ठ र अम्बिका जिसी, सम्पादक राम बहादुर जि.सी, प्रबन्धक दिपकराज सापकोटाले शेयर सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप २० हजार स्वर्गीय श्रेष्ठको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । परिवारका सदस्य जयन्ती श्रेष्ठलाई मृत्यु राहत रकम प्रदान गरिएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

संस्थामा हाल ३ हजार ५ सय जना शेयर सदस्य, ६ करोड शेयर रकम, ३० करोड बचत रकम, ३८ करोड कर्जा लगानी र ४५ करोड कुल सम्पत्ती रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *