जनताको सेवा गर्ने अवसर दिनुहोस : उम्मेदवार केसी


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार युवा नेता हिरा बहादुर केसीले जनताको सेवाका लागि एक पटक अवसर दिन आग्रह गर्नुभयो ।

उहाँले जनताले एक पटक आफुलाई परिक्षण गर्नुपर्ने बताउदै जनताको सेवाका लागि आफू राजनीतिमा लागेको बताउनुभयो ।

आफ्नो चुनावी एजेण्डा लिएर मत माग्नका लागि जनताको घरदैलोमा पुग्ने क्रममा उम्मेदवार केसीले बागलुङको विकास, कानून निर्माण र संसदीय अभ्यासका लागि आफूलाई एक पटक परिक्षण गर्न आग्रह गर्नुभयो ।

बागलुङ नगरपालिका–५ तल्लीबान्द्रे, उपल्लोबान्द्रे, मालिका बागलुङ नगरपालिका–६ भान्सा, सिमा, भिरलाखुरी र धारापानीका विभिन्न स्थानमा घरदैलो तथा मतदाता भेटघाटका क्रममा उम्मेदवार केसीले बागलुङको विकास र समृद्धिका लागि आफूलाई जिताउन आग्रह गर्नुभयो ।

“जनताले एक पटक परिक्षण गर्नुहुर्नेछ, मैले जनताको सेवामा सर्मर्पित हुन चुनावमा आएको छु, जनताले यस पटक सेवा गर्ने अवसर दिनुहुनेछ” उम्मेदवार केसीले भन्नुभयो “विकास र समृद्धिको पक्षमा उभिएको नेकपा एमालेका युवा उम्मेदवारलाई निर्वाचनमा जनताले जिताउनेछन् भन्नेमा आशावादी छु, राम्रो नराम्रो भन्न समेत एक पटक त परिक्षण गर्न आवश्यक छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *