घर्तीले सार्वजनिक गरे चुनावी घोषणा पत्र

आदर्श अनलाइन, बागलुङ
बागलुङ क्षेत्र २ (क) बाट प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश घर्ती मगरले घोषणा पत्र जारी गरेका छन् ।

उनले पूर्वाधार निर्माण, शिक्षा स्वास्थ्य तथा रोजगार सृजना, कृषि पर्यटन, विद्युत, सुशासन तथा पारदर्शितालाई प्राथमिकतामा राखी घोषणा पत्र जारी गरेका छन् । उनले प्रत्येक गाउँ र नगरपालिकाको केन्द्रदेखि सबै वडामा निर्माण भएका सडक सञ्जालको स्तरोन्नती, प्रत्येक गाउँ तथा नगरपालिकामा कम्तीमा ५ सय जना अटाउन सक्ने क्षमताको हल सहितको सामुदायिक भवन निर्माण, प्रत्येक गाउँ तथा नगरपालिकामा प्राकृतिक प्रकोप अन्तर्गत हुन सक्ने आगजनीलाई नियन्त्रण गर्नका लागि दक्ष जनशक्तिसहित कम्तीमा १ वटा बारुणयन्त्र सञ्चालन गरिने प्रतिवद्धता जाहेर गरेका छन् ।

‘बागलुङमा विगतमा सञ्चालनमा रहेका र सम्भावना देखिएका तामा, फलाम र सिसाखानीहरु जस्तै पाण्डवखानी, नरेठाटीको तोरीखोला (खोलाखानी) मा रहेका तामाखानीहरु, ्मल्मको सिसाखानी, खुङ्गाको लुकुरवन फलामखानी, ताराखोलामा रहेको तामाखानी र ढुङ्खा खानी र काँडेवासको थालेपोखरा खानी लगायतका खानीहरुको पुनः सञ्चालन, उत्खनन तथा संरक्षण गर्ने व्यवस्था मिलाइनेछ । ’ उम्देवार घर्तिद्वारा जारी चुनावी घोषणापत्रमा उल्लेख छ ।

उनले भनेका छन्, –‘विहुँ रिजालचोक सहिद मार्ग, अमरभूमि, ताराखोला हुँदै म्याग्दीको दरवाङ, हटिया, हरिचौर, म्याग्दी दरवाङ जोड्ने सडकको स्तरोन्नतीका लागि प्राथमिकता दिइनेछ । गल्कोट भेगलाई आधुनिक शहरको रुपमा विकास गर्न पहल, हटिया काँडेवास वामी सडक खण्ड, भिमगिठे दोवान रणसिङ्ख रमुवा सडक खण्ड, भिमगिठे दर्लिङ सडक खण्ड, खर्वाङ पाण्डवखानी रमुवा सडक खण्ड र नरेठाँटी दुदिलाभाटी शान्तिपुर सडक खण्डको स्तरोन्नती, काँडेवास ८ र ९ जोड्न् दरमखोलाघाट मोटरेवल पुल निर्माण, दलामचौर दोगाडीघाट र धप्लेङघाट मोटरेवल पुल निर्माण, खोला तथा नदीहरुको आवश्यक स्थानमा तटवन्दन, चट्याङवाट हुनसक्ने मानवीय तथा पशुको क्षति न्यूनिकरणका लागि जोखिमयुक्त स्थानमा लाइटनिङ् एरिष्टर जडान गरिनेछ ।’

शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई पनि उत्तिकै प्राथमिकता दिएका उम्मेदवार घर्तिले प्रत्येक पालिकालाई समेट्ने गरी एक/एक ओटा बहुप्राविधिक शिक्षालयहरु सञ्चालन तथा गल्कोटका जनताको सहजरुपमा स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न गल्कोट स्वास्थ्य केन्द्रलाई ५० शैयाको शिक्षण अस्पतालको रुपमा विकास गर्न विशेष पहल गरिने प्रतिवद्धता जाहेर गरेका छन् । उनले मध्यपहाडी लोकमार्ग आसपासमा ठूला उद्योगहरु खोल्न, कृषि क्षेत्रको आधुनिकीकरण र पर्यटन व्यवसायको विकास गर्न र लगानी मैत्री वातावरण सृजना गर्दै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने काममा ध्यान दिइने बताए ।

उनले ज्येष्ठ नागरिकहरुको वर्षमा १ पटक पूर्ण स्वास्थ्य परिक्षण निशुल्क, सबै गापा÷नपाका प्रत्येक वडामा एकवटा एम्बुलेन्सको व्यवस्था, विपन्न वर्गका नागरिकहरुको स्वास्थ्य उपचार निशुल्क, बालबालिकाको शिक्षा तथा स्वास्थ्यलाई विशेष ध्यान दिदै प्रत्येक नगरपालिका तथा गाँउपालिकामा शिशु स्याहार केन्द्र स्थापनामा जोडदिएका छन् ।

‘प्रत्येक पालिकामा रहेका साँस्कृतिक, धार्मिक र प्राकृतिक क्षेत्रहरुको पहिचान गरि त्यसको संरक्षण र प्रवर्धन गरि पर्यटन पूर्वाधारको विकास गरिनेछ । साना विद्युत आयोजनाहरुलाई प्रत्यक्षरुपमा आर्थिक लाभ हुने गरी मिनिग्रीडको अवधारणालाई प्राथमिकता दिईनेछ र राष्ट्रिय प्रसारण लाईनमा जोड्नका लागि आवश्यक पहलकदमी गरिनेछ ।’–उनको घोषणा पत्रमा उल्लेख छ ।

कृषि तथा पशुजन्य क्षेत्रमा उत्पादन वृद्धि र निर्यात प्रतिस्थापन गर्नका बजारीकरणमा विशोष ध्यान दिइने, कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदान र कृषि एम्वुलेन्सको व्यवस्था मिलाइने उनको प्रतिवद्धता रहेको छ ।

उनले यातायात सेवा कार्यालय र मालपोत कार्यालय स्थापनामा जोड दिइने, प्रत्येक पालिकामा करदाता सेवा कार्यालय स्थापनामा जोड दिई कर प्रणालीलाई सहज बनाउनुका साथै सेवा प्रणालीलाई पूर्णरुपमा पारदर्शी बनाउने, कर्मचारीको क्षमता विकास, स्रोतसाधनले सम्पन्न गरि सेवा प्रवाह गर्ने निकायहरुको प्रभावकारीतामा अभिवृद्धि गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले आगामी मंसिर ४ गते हुने प्रदेशको निर्वाचनका लागि चुनाव चिन्ह लालटिन भएका छन् । घर्ति विकासप्रेमी नेता मानिन्छ । विशेषगरि तारा, गलकोट, वडीगाठ लगायत समग्र बागलुङ क्षेत्र नम्बर २ को विकास र समृद्धिका लागि निकै अगाडिदेखि नै लागिपरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *