सिएमसी कास्कीको अध्यक्षमा पुन कोइराला

आदर्श अनलाइन, बागलुङ
सहकारीका कर्मचारीहरुको क्लव कोअपरेटिभ म्यानेजर्स क्लव (सिएमसी) कास्कीको अध्यक्षमा पुन अपिल कोइराला चयन हुनु भएको छ । क्लवको शुक्रवार सम्पन्न पाचौ साधारणसभाबाट नविन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कोइराला चौथो वार्षिक साधारणसभाबाट पनि अध्यक्ष निर्वाचित हुनु भएको थियो ।

समितिको उपाध्यक्षमा सरल नमुना वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक हरि पन्थी, सचिवमा पृथ्वी बहुउद्देश्यीय सहकारी संंस्थाका प्रवन्धक मोहन प्रसाद अधिकारी, सहसचविमा शुभ सौगात वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सन्तोष रानाभाट र कोषाध्यक्षमा सुरक्षा पालुवा सहकारीका व्यवस्थापक विष्णु प्रसाद अधिकारी निर्वाचित हुनु भएको हो ।

क्लवका सदस्यहरुमा लेखनाथ सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक शंकर प्रसाद पौडेल, प्राइम सहकारी संस्थाका प्रवन्धक निरु थापा, जनसेवा वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक प्रेम सागर अधिकारी, चण्डीकालिका महिला वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नितास गुरुङ, भावना कृषि सहकारी संंस्थाका व्यवस्थापक दिपक थापा र सर्दिखोला वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बेगनाथ पौडेल चयन हुनु भएको छ ।

सहकारी कर्मचारीहरुलाई संगठित गर्दै सहकारी अभियानलाई प्रभावकारी बनाउन निरन्तर क्रियाशिल क्लवले सहकारीका कर्मचारीहरुको क्षमता विकास, सहकारी संघ संस्थाहरुको संस्थागत विकासमा योगदान गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *