नव प्रतिभा सहकारी संस्था खर्वाङको २३ औं वार्षिक साधारण सभा सम्पन्न

कमल पौडेल, खर्वाङ

नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड बडिगाड गाउँपालिका २ खर्वाङ, बागलुङको २३ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले सहकारीहरुलाई उत्पादन सँग जोडिएर रोजगारी वृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीहरुलाई स्थानीय सरकारसँग समन्वय र साझेदारीमा काम गर्न सुझाव दिनुभयो ।

कतिपय सहकारी बैंक र कम्पनिको रुपमा काम गरिरहेको भन्दै सहकारीले सहकारी मुल्य र मान्यता विर्सन नहुने बताउनुभयो । नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था जिल्लाकै अब्बल सहकारी भएको भन्दै दगातुन्डाडाका सहकारीहरु एकिकरण अभियानमा लागेकोमा खुसि व्यक्त गर्नुभयो ।

साधारणसभाको उद्घाटन गर्दैै जिसस प्रमुख राजेन्द्र ढुंगाना

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसालले सहकारी एकिकरण गर्ने अभियान चलाइने बताउनुभयो ।

कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष वोम बहादुर थापा, वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचन, खड्क देवि माविका प्रधानाध्यापक वेद प्रसाद पोखरेल, दिदिवहिनी वचत तथा ऋण सहकारी संस्थाका सचिव विना थापा, लेखा समिति सदस्य महलाल पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष होमनाथ अर्यालले भावी कार्यक्रम सहितको प्रगति प्रतिवेदन, कोषाध्यक्ष खगिश्वर अर्यालले १४ करोड ५८ लाख ४१ हजार ३ सय ४९ बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीका १४ सय शेयर सदस्य रहेका छन् भने शेयर पुँजी २ करोड १६ लाख २५ हजार १ सय रहेको छ । १० करोड ६२ लाख लगानी गरेको सहकारीमा १० करोड ३० लाख वचत रहेको छ ।

सहकारीले साधारण सभाको अवसरमा कक्षा १२ मा सामुदायीक विद्यालय बाट उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यका छोराछोरी मध्ये खड्क देवि माविका वेद प्रसाद पोखरेल र त्रिभुवन नमुना माविका विष्णु खत्रि र दुवै विद्यालयलाई सम्मान गरिएको छ। त्यस्तै उत्कृष्ट उद्यमी लालमणि बन, विमला पल्ली, जेष्ठ सदस्य तेज बहादुर सलामी, गोमा राना, सहकारीका पूर्व अध्यक्ष विष्णु प्रसाद खरेल, नवनिर्वाचित वडा अध्यक्ष ढाल प्रसाद शेरचनलाई सम्मान गरिएको थियो। त्यस्तै संस्थालाई अब्बल बनाउन प्रयत्नरत रहेको भन्दै प्रवन्धक दुर्गा अर्याल, कम्प्यूटर अपरेटर फारम थापा, कर्मचारी मनकुमारी घिमिरे, भगवति अर्याललाई पनि सम्मान गरिएको थियो। सो कार्यक्रम अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता, उपाध्यक्ष विष्णु प्रसाद भुसालको स्वागत मन्तव्य तथा सचिव दुर्गा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो। सभाले विषय र प्रकृति मिल्ने सहकारीहरु संग एकिकरण गर्न अध्यक्ष होमनाथ अर्यालको संयोजकत्वमा ५ सदस्यिय समिति पनि गठन गरेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *