दोहोरीगीत प्रतिष्ठान नेपाल बागलुङको अध्यक्षमा परियार

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बागलुङको अध्यक्षमा सरस्वती खड्का परियार चयन हुनु भएको छ । प्रतिष्ठान १९ औँ साधारण सभा तथा सातौँ अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा शिव शर्मा, द्वितीय उपाध्यक्षमा प्रेम थापा, महिला उपाध्यक्षमा जमुना थापा, सचिवमा सुमन खड्का, सहसचिवमा तुलासा थापा, कोषध्यक्षमा क्रिष्टिना चालिसे र सह कोषध्यक्ष हिरा परियार सर्वसम्मन चयन भएका छन् ।

प्रतिष्ठानको संगठन विभाग प्रमुखमा सज्जन कुमार सिँहलाई चयन हुनु भएको छ । महिला विभाग प्रमुखमा रविना सुनारलाई सर्वम्मत चयन हुनु भएको निवर्तमान अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो । १२ जना सदस्य सहित अन्य ४ जना थप गर्ने गरि नयाँ समिति चयन गरिएको उहाँको ।

अधिवेशनको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले गर्नु भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *