आदर्श अनलाइन, बागलुङ
निर्वाचन क्षेत्र रणनैतिक सडक अन्र्तगत बागलुङ बजार देखि सिगाना सम्मको सडक कालोपत्रेका लागि पूर्वाधारको काम शुर भएको छ ।
बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रेका लागि निर्माण व्यवसायी छनोट भएर बोक्सेखाल्टाबाट सडक चौडा पार्ने काम शुरु भएको छ ।
साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्रे गर्ने गरी अहिले बोक्सेखाल्टाबाट सडक चोडा पार्नेकाम शुरु भएको हो । सडकको पूर्वाधारहरु ग्याबिन, कल्र्भट, पर्खाल तथा नाली बनाउने गरी सडक चौडाको काम शुरु भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
अहिले सडक चौडा पार्न र सडक मिलाउनका लागि निर्वाण व्यवसायीले दूई ठूला उपकरण परिचालन गरिसकेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर कृष्ण बहादुर खड्काले बतउनुभयो । तिहारपछि काममले अझै तिब्रता पाउने कार्यालयको भनाई छ ।
“दश लगत्तैबाट पूर्वाधारको काम शुरु भएको छ, अहिले सडक धमाधम चौडा पार्ने काम भइरहेको छ, दशै अघि मात्रै निर्माण व्यवसायीले समेत अन्तिम सर्वे सम्पन्न गरेको थियो” खड्काले भन्नुभयो सडक साढे दुई वर्षमा कालोपत्रे गरिसक्ने गरी पहिलो आर्थिक वर्षमा सडक चौडा पार्ने काम सम्पनन गरिनेछ भने आगमी वर्षका लोपत्रेको काम थालिने छ ।”
बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइसक्ने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुबाट १० किलोमिटर सडक कालोपत्रे गरिने छ । लामो समय बजेट अभावले कालोपत्रेका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पहल र प्रयासका बाबजुद हाल आएर बाक्से खाल्टादेखि कालोपत्रेका लागि आवश्यक पूर्वाधार निर्माणको काम थालिएको हो ।
ठेक्काअन्तर्गत बागलुङ बजारदेखि बोक्सेसम्म सडक कालोपत्रे भइसकेका कारण बोक्सेबाट बौडैचौरको आलडाँडासम्म सडक कालोपत्रे हुने गरी कार्यआरम्भ भएको हो । निर्वाचन क्षेत्र एक रणनैतिक सडक सोही क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदहरुको सिफरिसमा छनौट भएको थियो । अहिले सडक कालोत्रपे नहुँदा सिगाना हुँदै बरेङ शान्तिपुर जाने सडकमा यात्रुले सास्ती खेप्दै आएका छन् ।