सवारी कार्वाहीबाट बागलुङमा १८ लाख राजश्व संकलन


आदर्श अनलाइन, बागलुङ

ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक बर्षको तीन महिनामा रु.१८ लाख ९७ हजार राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षको साउन, भदौ र असोज महिनामा मात्रै उक्त राजश्व संकलन गरेको जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गरेका २ हजार ८ सय ५० सवारी साधनबाट सो राजश्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताउनुभयो ।

कार्वाही पर्नेमा सबैभन्दा बढि मोटरसाईकल रहेका छन् । यो तीन महिनाको अबधिमा ९ सय ७९ मोटरसाईकलबाट रु.६ लाख ३९ हजार ५०० राजश्व संकलन भएको छ । ३ सय ८५ कार र जीपबाट रु.३ लाख ८८ हजार, ३ सय ४९ ट्रक तथा ट्रिपरबाट रु.२ लाख ४० हजार, ४ सय ९३ ट्याक्टरबाट रु.३ लाख ४२ हजार, ४ सय १९ बसबाट रु.२ लाख ७४ हजार ५०० र अन्य २२ सवारी साधनबाट १३ हजार गरि रु.१८ लाख ९७ हजार राजश्व संकलन भएको हो ।

पछिल्लो तीन महिनाको राजश्व अघिल्लो बर्षको तीन महिनाको भन्दा झण्डै रु.८ लाख बढि हो । ट्राफिक प्रहरी प्रमुख केसीले आफुहरुले बागलुङ बजारमा ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ट्राफिक सेचताना संगै कारवार्ही हाम्रो अभियान हो, अहिले यातयात व्यवस्था कार्यालयको परिक्षास्थलमै ट्राफिक सचेतना गरिएको छ” केसीले भन्नुभयो “ठूलो आवाज आउने मोटरसाईकललाई विशेष कारर्वाही गरेका छौं, नो पार्कीङ, एकतर्फी पार्कीङ तथा पार्कीङ व्यवस्थापन संगै दुर्घटना न्यूनिकरणमा हाम्रो ध्यान छ ।”

केसीले मदिरा सेवन गरि सवारी चलाउने, सवारी चालक अनुमति पत्र र बिलबुक बिना सवारी चलाउने, दु्रत गतिमा सवारी चलाउने, सिट क्षमता भन्दा बढि यात्रु राख्ने लगायतका सवारीलाई कार्वाही गरिएको बताउनुभयो । उहाँले चाड पर्वको समयमा मापसे परिक्षणलाई बढी प्राथमिकता दिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *