बानपा २ मा एमालेको चुनावी सम्पर्क कार्यालय

आदर्श अनलाइन, बागलुङ
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नेकपा एमालेले बागलुङ नगरपालिका वडा नं. २ अदालतरोडमा निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ ।

वडा नं. २ मा पार्टीको प्रचार अभियान लगायत निर्वाचन परिचालनका सम्पूर्ण कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरिएको बानपा २ का एमाले वडा अध्यक्ष तोयानाथ गौतमले जानकारी दिनुभयो ।

No description available.

पार्टीका पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज मन कुमारी केसी जिसीले सम्पर्क कार्यालयको उद्घाटन गर्नु भयो । सो अवसरमा बोल्दै केसीले आगामी निर्वाचनमा एमालेका उमेदवारलाई विजयी गराउन पार्टीको सिंगो पंक्ति एकतावद्ध र सक्रियताका साथ अभियानमा केन्द्रीत हुन आव्हान गर्नु भयो ।

एकतावद्ध एमालेबाट नै गठबन्धनलाई पराजित गर्न सकिने भन्दै केसीले स्थिरता र विकासका लागि एमालेको विकल्प छैन भन्ने सन्देश आम मतदातामा पु¥याउनु पर्नेमा जोड दिनुभयो । एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सभाका उमेदवार हिरा बहादुर केसीले समृद्ध बागलुङ निर्माणमा एमालेको भूमिका बढाउन आगामी निर्वाचनमा एमालेलाई जिताउनु पर्ने बताउनुभयो ।

No description available.

सम्पर्क कार्यालय शुभारम्भ कार्यक्रमको सञ्चालन एमाले बागलुङ नगरपालिकाका उपसचिव कृष्ण कार्कीले गर्नु भएको थियो । एमालेले बागलुङका ८५ वटै वडामा वडास्तरीय सम्पर्क कार्यालय, चारवटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश स्तरीय निर्वाचन परिचालन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन अभियान सञ्चालन गर्न लागेको एमाले जिल्ला सचिवालय सदस्य तथा जिल्ला कार्यालय सचिव अमर बहादुर थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *