घोषणापत्र झुटको पुलिन्दा नबनोस्

सम्पादकीय/मुलुक यतिबेला चुनामा होमिएको छ । निर्वाचन आयोग आगामी मंसिर ४ मा हुने मतदानका लागि तयारीमा व्यस्त छ । प्रतिनिधिसभा र प्रदेश सभा (प्रत्यक्ष र समानुपातिक) निर्वाचनका लागि मतपत्र छापेर जिल्ला जिल्लामा पठाउने कार्य तिब्र छ । राजनीतिक दल र उम्मेदवारहरु जनताको घरदैलोमा चुनावी प्रचार प्रसारमा व्यस्त छन् । चाहे खेतबारीमा धान काटिरहेका, झाटिरहेका किसानसँग होस् या बनजंगलमा गाइबस्तु चराउन गएका गोठाला सँग किन नहोस् ? चुनाव सकिए पछि सायदै गाउँघर पसेर जनता भेट्ने नेताहरु अहिले दुई हात जोड्दै नागरिकसँग अमुल्य मतका लागि आग्रह गरिरहेका छन् । यसले निर्वाचनको महत्वलाई गहिरोसँग बोध गराइरहेको छ । यद्यपि, नेपाली समाजमा निर्वाचन पछिल्लो समय झन् भन्दा झन् खर्चिलो र भड्किलो बन्दै गएको छ । जसले निर्वाचन मार्फत प्रणाली, विकास, लोकतन्त्र, सुशासन, जवाफदेहिता, पारदर्शितालाई सुदृढ गर्ने तर्फ ठुलो संशय पैदा गरिरहेको छ ।

निर्वाचनकै क्रममा राजनीतिक दल र उम्मेदवारहरुले घोषणा पत्र सार्वजनिक गरेका छन् । घोषणापत्रमा उल्लेखित बुँदाहरु नेपालको समृद्धि र विकासका लागि अपरिहार्य छन् । मंगलबार घोषणापत्र सार्वजनिक गरेको नेकपा एमालेले ट्वान्टी २० ग्यारेण्टीको नारा लाएको छ । जसमा उत्पादन स्वदेशीः बजार विदेशी, नो लाइनः सेवा अनलाइन, फ्रि मिटरः दश हजार लिटर, फ्रि युनिटः ५० युनिट, खेतबारीमा पानी, खाडीमा हैन स्वदेशमै जवानी, भूमिगत तारः शहर बजार, १०० खर्ब अर्थ पु¥याउने महत्वकांक्षी कार्यक्रम छ । नेपाली कांग्रेसले अभिभावकलाई पनि जागरुक बनाउने शिक्षा प्रणाली, किसानलाई क्रेडिट कार्ड, स्थानीय तहमा रोजगार बैंक, कोखदेखि शोकसम्म लगायतका कार्यक्रम अघि सारेको छ ।

तेस्रो ठुलो दलको रुपमा रहेको नेकपा माओवादी केन्द्रले हरेक निर्वाचन क्षेत्रमा नमुना कृषि कार्यक्रम, व्यवसायीलाई सहुलियत ऋण, सुशासन आफ्नै नेताहरुबाट सुरुवात, समाजवादी कार्यक्रममा जोड, गरिब विपन्न तथा असहाय वर्गको उपचार निःशुल्क गर्ने, हरेक पालिकाबाट एक डाक्टर, एक स्टाफ नर्स पढ्न छात्रवृत्तिको व्यवस्था लगायतका कार्यक्रम अघि सारेको छ । एकीकृत समाजवादीले निःशुल्क खानेपानीः सुखी जिन्दगानी, प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली, स्वास्थ्य उपचार पहिलो प्राथमकिता, विदेशिएका युवालाई स्वदेश फर्काउ लगायतका कार्यक्रम ल्याएको छ । अरु राजनीतिक दल र उम्मेदवारले पनि यी र यस्तै प्रकृतिका कार्यक्रम जनता माझ ल्याएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *