उम्मेदवार पाठकको रचनात्मक र प्रविधिमैत्री प्रचारशैली


आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई टक्कर दिएर चुनावी मैदानमा उत्रिएका बागलुङ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सूर्य पाठकले आफ्नो प्रचार अभियानलाई रचनात्मक र प्रविधिमैत्री बनाउनुभएको छ । हरेक मतदाताकहाँ पुगेर उनीहरुसँग मत मागिरहेका पाठकको प्रचार अभियानमा प्रविधिको प्रयोग मात्रै हैन रचनात्मक समेत छन् ।

पाठकले भोट माग्नका लागि घरदैलोदेखि जुम मार्फत अन्तरक्रिया, घरमै पुगेरा मतदाताका आफनतलाई भिडियो कल लगायतको प्रयोग गर्नुभएको छ । पाठकले घरदैलोका क्रममा भिडियो कलमार्फत घरबाहिर भएकासँग समेत मत माग्ने गर्नुभएको मात्रै छैन मेलापातमै कोणसभा समेत गर्नुभएको छ ।

तिहारको देउसी भैलोमा नाँचेर होस् वा बूढापाकासँग आशीर्वाद मागेर होस् भोट माग्ने कार्यलाई निरन्तरता दिनुभएको छ । चुनावका बेलामात्रै नभएर हरेक समय आफू बागलुङबासीको सुख दुखको सारथी बन्दै आएको बताउदै पाठकले पाँच वर्षे संसद कार्यकालमा बागलुङका समस्याहरुको आवाज उठाएको बताउदै बागलुङका अधुरा काम पुरा गर्न पुन चुनावी मैदानमा आएको बताउनुभयो ।

चित्र बहादुर केसीसंग प्रतिस्प्रधामा उत्रेका पाठकको चर्चा चुलिएको छ । बागलुङ १ मा केसी र पाठकबीचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *