ब्याजदर घटाउन राष्ट्रिय उद्योग व्यवसायी महासँघको माग

आदर्श अनलाइन, बागलुङ
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासँघ बागलुङले अनियन्त्रित ब्याजदर बृद्धि रोक्न माग गरेको छ । बैङ्कहरुले आफ्नो मुनाफा बढाउने नाममा अनियन्त्रित रुपमा ब्याजदर बृद्धि गर्दा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताउँदै उनीहरुले अनियन्त्रित ब्याजदर बृद्धि रोक्न माग गरेका हुन् ।

बुधबार पत्रकार सम्मेलन गरि महासँघले नेपालमा गहिरिदो संकट, अत्याधिक महङ्गी, अनियन्त्रित ब्याजदरको बृद्धि र बेलाबेलामा व्यवसायीको ढाड सेक्ने गरि आउने बित्तिय संस्थाहरुको नियमका कारण व्यवसायी आक्रान्त बनेको बताएको छ ।

महासँघका अध्यक्ष भवनराज बरालले कोभिड–१९को संकटबाट तंग्रिदै गरेको व्यवसायमाथी विभिन्न बहानामा विभिन्न पक्षबाट अप्ठ्यारो पारिएको बताए ।

उनले कार्तिक १ गतेदेखि लागु गर्ने गरि ल्याएको ओभर ड्राफ्ट सम्बन्धी नीतिले व्यवसायीलाई झनै ठूलो अप्ठ्यारो थपिदिएको बताए । उनले एक विज्ञप्ती समेत सार्वजनिक गरि त्यस्तो अवस्थामा सुधार नआए व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आउने बताएका छन् ।

विज्ञप्तीमा खराब नीतिका कारण व्यवसायी पलायन हुँदै जानु, व्यवसायीक वातावरण नहुनु, व्यापार घट्नु लगायत खराब अर्थतन्त्रका सूचन भएको उल्लेख गरिएको छ ।

‘एकतर्फी रुपमा गरिएको ब्याज बृद्धि, नीतिगत फेरबदल, तत्काल सच्चाउन जोडदार माग गर्दछौँ’ विज्ञप्तीमा लेखिएको छ ।
पत्रकार सम्मेलनको सञ्चालन रामकृष्ण शर्माले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *