बागलुङमा मोटर साइकल दुर्घटना हुँदा दुई जना गम्भीर

आदर्श अनलाइन, बागलुङ
बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बागलुङ नगरपालिका–१ माझीबस्ती जनिकै मालढुङ्गादेखि आउँदै गरेको ध २ प ३३२ नम्बरको मोटरसाइकल र बागलुङ बजारदेखि जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा पर्वत पिपलटारीका २३ वर्षीय रोहित भुषाल र बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका १९ वर्षीय मनिष कँडेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते भएका कँडेललाई धौलागिरी अस्पतालमा सामान्य गरि पोखरा रेफर गरेको र घाईते भुषालको अस्पतालमै उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *