हल्का वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौं

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहानीपख देशभर मौसम सामान्यतया सफा रहेपनि साँझपख पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ भने केही भागमा हल्का वर्षाको सम्भावना छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

साँझपख प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *