आदर्शको योजना निर्माण गोष्ठी

आदर्श अनलाइन, बागलुङ

धौलागिरीको पहिलो सञ्चार सहकारी संस्था आदर्श सञ्चार सहकारी संस्थाले शनिबार वार्षिक समिक्षा तथा योजना निर्माण गोष्ठी सम्पन्न गरेको छ ।

संस्थाले चालु आर्थिक वर्षको असार मसान्त सम्ममा पुरा गर्ने योजनाहरुको छलफल र त्यसलाई कार्यान्वयनमा लैजानका लागि गर्नु पर्ने कार्ययोजनाका विषयमा अन्तरक्रिया गरिएको थियो । आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, उप–समिति, पालिका/वडा स्तरीय उपसमितिका संयोजक र कर्मचारीहरुबीच संस्थाको योजना तर्जुमा कार्यक्रम गरिएको हो ।

May be an image of 4 people, people sitting, people standing and indoor

योजना तर्जुमा कार्यक्रमको उद्घाटन पछि बोल्दै संस्थाका सल्लाहकार तथा निवर्तमान संघीय सांसद मन कुमारी केसीले योजना बिना अगाडी बढेको संस्था सफल हुन समय लाग्ने भन्दै योजना निर्माण र कार्यान्वयनमा ध्यान दिन सके जस्तो सुकै उपलव्धी हासिल गर्न सकिने बताउनुभयो ।

May be an image of 3 people, flower and indoor

संस्थाका सल्लाहकार रुद्र बहादुर महतले सूचना र सञ्चार लगायत सहकारी क्षेत्रको प्रवद्र्धनमा आदर्श सञ्चार सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै आगामी दिनमा थप सक्रिय र योजनाका साथ अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।

May be an image of 9 people, people sitting, people standing and indoor

कार्यक्रममा योजना तर्जुमा गोष्ठीमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गर्दै संस्थाले हाल सम्म हासिल गरेका उपलव्धी, वर्तमान आर्थिक संकटको वयवस्थापन र असार मसान्त सम्म गर्न सकिने योजनाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

May be an image of 6 people, people sitting, people standing and indoor

आदर्श सञ्चार सहकारी संस्थाले २०७० सालमा निर्माण गरेको रणनीतिक योजनाका विषयमा समिक्षा गरी चालु आर्थिक वर्षको असार मसान्तसम्म ५ हजार भन्दा बढी शेयर सदस्य, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी र ५५ करोड कुल सम्पत्ती पु¥याउने लक्ष्य निर्धारण गरिएको छ ।

May be an image of 6 people, people sitting, people standing and indoor

धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन सञ्चालन गर्नुका साथै धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आएको आदर्श सञ्चार सहकारी संस्थाले आगामी दिनमा सूचना तथा सञ्चारका क्षेत्रमा थप कार्य गर्ने लक्ष्य लिइएको छ ।

May be an image of 8 people and indoor

संस्थाले लक्ष्य प्राप्तिका लागि संस्थाले सञ्चालन गर्दै आएका लोकप्रिय कार्यक्रमहरु दुव्र्यसन विरुद्ध आमाहरु, प्याड बनाउने तालिम, विद्यालयमा सहकारी शिक्षा लगायतलाई निरन्तरता दिदै आगामी दिनमा सहकारी नमुना गाउँ निर्माण, आदर्श पुस्तकालय सञ्चालन, आदर्श वृक्षारोपण लगायतका कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गोष्ठी मार्फत गरिएको छ ।

May be an image of 7 people and indoor

गोष्ठीमा सहभागीहरुलाई चार भागमा विभाजन गरी नयाँ योजना र संस्थाको लक्ष्य निर्धारण गरिएको थियो । गोष्ठीमा सञ्चार समूह, शेयर सदस्य विस्तार समूह, वित्तीय समूह र सामाजिक उत्तरदायित्व समूहमा बिभाजन गरी असार मसान्त सम्म गर्न सकिने कार्य र योजनाहरुका विषयमा छलफल गरिएको थियो ।

May be an image of 6 people, people sitting, people standing and indoor

गोष्ठीमा छलफल भएका विषयहरुलाई मुल्याङ्कनका आधारमा कार्यान्वयनमा ल्याइने सहकारी संस्थाका अध्यक्ष हुमारी कुमारी जिसी अञ्जुले बताउनुभयो । संस्थाका अध्यक्ष हुमारी कुमारी जिसी (अञ्जु)को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ललिता थापाको र स्वागत सञ्चालक कमल लामिछाने गर्नु भएको थियो ।

May be an image of 4 people, people sitting, people standing and indoor
May be an image of 4 people, people standing, people sitting and indoor
May be an image of 6 people, people sitting and indoor
May be an image of 5 people, people standing and people sitting
May be an image of 1 personMay be an image of 9 people, people sitting and people standing
May be an image of 9 people, people sitting, people standing and indoor
May be an image of 11 people, people sitting, people standing and indoorMay be an image of 2 people, people standing and indoor

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *