सुविधा सहकारीको अध्यक्षमा पुनम शर्मा

आदर्श अनलाइन, बागलुङ

सुविधा सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनम प्रसाद शर्मा चयन भएका छन् । शनिवारमा समपन्न संस्थाको ५औं अधिवेशन तथा १४औं बार्षिक साधारण सभाबाट शर्मा पून अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा रामराज गुरुङ, सचिवमा नारायण प्रसाद आचार्य, सहसचिवमा सरिता कार्की केसी र कोषाध्यक्षमा विवश गैरे सर्वसम्मत निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा कृष्ण सापकोटा, छबिलाल सापकोटा, विकास वझा, गोविन्द शर्मा, सम्झना खड्का खत्री र शान्ति शर्मा सापकोटा चयन भएका छन् ।

लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा खिमराम शर्मा, सदस्यमा प्रेम प्रसाद ढकाल र विष्णु प्रसाद आचार्य, ऋण उपसमिति सदस्यमा हरिनारायण शर्मा र युवराज विक, शिक्षा उपसमिति सदस्यमा दिवाकर चापाँगाई र जित वहादुर खत्री चयन भएको सचिव आचार्यले वताए ।

साधारण सभाको उदघाट्न गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सहकारीले उत्पादनमुलक काममा लगानी गर्नुपर्ने र ब्यक्तिको आयआर्जनको सहयोगी बन्नुपर्ने वताए । अहिले केही सहकारी संघसंस्थाहरु आफ्नो सिद्धान र विधि अनुसार सञ्चालन हुन नसक्दा समस्या आएको वताउदै उपप्रमुख खड्काले नगरपालिकाले चासोका साथ हेरेको वताए ।

संस्थाका अध्यक्ष पुनम प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य हरिनारायण गौतम, संस्थाका सल्लाहकार हरिप्रसाद शर्माले शुभकामना मन्तब्य राख्दै सहकारी वित्तिय संस्था भएकोले कारोवारका वारेमा हरेक शेयर सदस्यहरुले चनाखोपूर्वक हेर्र्नुपर्नेमा जोड दिदै संस्थाको सफलतामा शेयर सदस्यहरुको क्रियाशिलताको महत्वपूर्ण भूमिका हुने वताए ।

कार्यक्रममा सहकारीका सचिव विकास वझाले संस्थाको प्रगति प्रतिवेदन र प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष सन्तोष शर्माले आर्थिक प्रतिवेदन र प्रस्तावित बजेट तथा लेखा संयोजक कुमार शर्माले लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव विकास वझाले र स्वागत उपाध्यक्ष गुरुङले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *