बिहुँका मतदाताको भनाई : नीति र नेतृत्व एमालेकै ठिक छ

आदर्श अनलाइन, बागलुङ
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नीति र नेतृत्वका हिसाबले एमाले उमेदवारलाई जिताउने स्थानीय मतदाताहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन अभियानमा घरदैलो अभियानमा रहेका एमालेका तर्फबाट बागलुङ क्षेत्र नं.१ मा प्रतिनिधिसभाका उमेदवार डा.सूर्य पाठक र प्रदेशसभाका उमेदवार हिरा बहादुर केसीलाई शुभकामना दिदै मतदाताहरुले विजयका लागि शुभकामना व्यक्त गरेका हुन् ।

मुलुक निर्माणको स्पष्ट नीति एमालेसंग छ, जनताका दैनिक समस्या समाधानका लागि सदैव तत्पर रहने नेतृत्व एमालेका उमेदवारहरुमा छ, स्थानीय मतदाताले भनेका छन्, आगामी निर्वाचनमा पाठक र केसीलाई जिताउन सकेमा गाउँको विकास र राष्ट्रियताको संरक्षण हुनेछ । राष्ट्रिय अखण्डता, आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा एमालेले लिएको नीति, योजना र कार्यक्रमका साथै एमाले नेतृत्वमा भएको सरकारले गरेका काम र लिएका अडान जनपक्षीय रहेको स्थानीयको भनाइ छ ।

चुनावी अभियानमा घरदैलोमा रहेका उमेदवारहरुलाई स्थानीय मतदाताहरुले शुभकामना सहित सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको एमाले काठेखोला वडा नं. ६ का अध्यक्ष हिरालाल सापकोटाले जानकारी दिनुभयो । सडक निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत एकीकृत वस्ती निर्माणमा समेत एमालेका उमेदवारहरुको सक्रियता र सहयोग रहेको भन्दै मतदाताहरुले धार्मिक पर्यटनको विकासका लागि सहयोग गर्न आग्रह गरेको एमाले जिल्ला सदस्य प्रेम पुनले बताउनुभयो ।

वडा नं. ५ लाई धार्मिक पर्यटनको गन्तव्य र वडा नं.६ लाई शैक्षिक गन्तव्यका रुपमा अगाडि बढाउनु पर्नेमा स्थानीयले जोड दिएको एमाले काठेखोला ६ का अध्यक्ष थानेश्वर कंडेलले जानकारी दिनुभयो । एमाले उमेदवारहरु पाठक र केसीले आइतवार काठेखोला गाउँपालिका वडा नं. ५ र ६ का विभिन्न ६ ठाउँमा आयोजित टोलसभामा सम्बोधन गरेका थिए ।

बिहुलाई शिक्षा र धार्मिक पर्यटनको विशेष क्षेत्रका रुपमा अगाडि बढाउन तथा कृषि र फलफुल उत्पादनको पकेट क्षेत्रका रुपमा विहुलाई विकास गर्न आफुहरुले सक्दो प्रयत्न गर्ने प्रतिवद्धता उहाँहरुले गर्नु भएको थियो । टोलसभामा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटा लगायत प्रदेश कमिटि, जिल्ला कमिटि, पालिका कमिटिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

यसैबीच वडा नं. ५ को सापकोटा चोकमा वडा निर्वाचन परिचालन कार्यालयको शुभारम्भ गरिएको छ । एमाले केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले शुभारम्भ गर्दै पार्टीका उमेदवारहरुलाई जिताउनका लागि सम्पूर्ण पार्टीपंक्ति सक्रियता पुर्वक लाग्न निर्देशन गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *