नेकपा एमाले वडा नं. २ कमिटिद्धारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले वडा नं. २ कमिटिले कमिटीका उपसचिव अन्जन शर्माका पिता उपेन्द्रलाल शर्माको निधन प्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका वडा नं. २ निवासी शर्माका निधन भएको ८ औं दिनका पुण्य तिथि पारेर श्रद्धाञ्जली सभा सहित परिवारलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश सह–इन्चार्ज मनकुमारी के.सी (जि.सी), एमाले प्रदेश सदस्य भिमा अधिकारी, रामबहादुर जि.सी, नेकपा एमालेका बागलुङ नगर कमिटि सदस्य नारायण शर्मा, अखिल नेपाल महिला संघ बागलुङका सुनिता जि.सी लगायतले स्वर्गीय शर्माको परिवारलाई समेवदना पत्र प्रदान गर्नुभएको थियो ।

श्रद्धाञ्जली सभामा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश सह–इन्चार्ज मनकुमारी के.सी (जि.सी)ले स्वर्गीय शर्माले गर्नुभएका समाज प्रतिको योगदानलाई उच्च सम्मान गर्दै उहाँका सकारात्मक सोचलाई सबैले सिक्नु पर्ने बताउनुभयो ।

सभाको अध्यक्षता नेकपा एमाले वडा नं. २ कमिटिका अध्यक्ष तोयानाथ शर्मा र सञ्चालन एमालेका बागलुङ नगर कमिटि सचिवालय सदस्य हिमाल शर्माले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *