सिर्जना पन्त, बागलुङ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर चार गतेको निर्वाचनले देशको भविष्य निर्धारण गर्ने बताउनुभएको छ ।
नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी बागलुङले आयोजना गरेको चुनावी सभामा उहाँले देशको सार्वभौमसत्ता र स्वाधिनता रक्षाको लागि एमालेको बहुमतको सरकार अपरिहार्य भएको बताउँनुभएको हो ।
‘चार तिर मुख फर्किएकाहरु एकसाथ चुनावमा आएका छन्,’ सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘विचार सिद्धान्त र निर्वाचको घोषणपत्र फरक भएकाहरु एक ठाउँ उभिएर जनता झुक्याउँदै छन् ।’
ओलीले पहिलो पटक बागलुङ क्षेत्र नम्बर २ ले स्थानीय उम्मेदवार पाएको भन्दै गठबन्धनका टुरिष्ट उम्मेदवारलाई जनताले विदाई गर्ने बताउनुभयो ।
‘एमालेले यहाँका समस्या बुझ्ने, यहाँको माटो बुझ्ने प्रतिनिधि सभामा स्थानीय महिला उम्मेदवार दिएको छ,’ उहाँले भने ‘निर्वाचन जित्ने, मन्त्री पनि हुने तर जनताको दुखमा नाक मुख नदेखाउनेलाई विदा गर्नुस ।’
बागलुङ क्षेत्र नम्बर २ मा एमालेबाट मञ्जु शर्मा र पाँच दलिय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल सहित ७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
टुरिष्ट उम्मेदवारलाई विदा गर्नुस : ओली
