बागलुङमा राष्ट्रीय जनमोर्चा विद्रोही समुहको एमालेलाई साथ

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा विद्रोही समुह बागलुङले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ ।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा राष्ट्रिय जनमोर्चा विद्रोही समुहका उम्मेदवार दुर्गादेवी घर्ती मगरको उम्मेदवारी निष्कृय पारी एमालेका उम्मेदवारलाई समर्थन गरेको भन्दै सोमबार प्रेस विज्ञप्ती जारी गरेको छ ।

राष्ट्रिय जनमोर्चा विद्रोही समुहको तर्फबाट तिलक पुन र नेकपा एमालेको तर्फबाट सचिव विष्णु भुषाले हस्ताक्षर गरेको विज्ञप्तीमा विगतको सहकार्यलाई कायम राख्दै एमालेलाई सहयोग गर्ने उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *