एक घर एक धाराले फेरेको धम्जावासीको दैनिकी

आदर्श अनलाइन, बागलुङ
दुई वर्ष अघिसम्म पानीको लागि दुई घण्टा समय छुट्टाउने बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका भेष कुमारी भण्डारीको अहिले समय बचत हुन्छ । बिहानै कुँवाको पानीलाई पाइप मार्फत जोडेर गाउँमा ल्याएर पानी थाप्ने भेषकुमारीको अहिले आँगनमै २४ सैं घण्टा पानी आउने धारो छ । भेष कुमारीले जीवनमा खानेपानीको एक घर एक धाराले दैनिकीनै फेरिएको बताउनुभयो । धम्जाका चार गाउँमा ३०० घरमा खानेपानीको धारा पुगेपछि त्यहाँका स्थानीयको दैनिकी फेरिएको छ ।

“बिहानै उठेपछि पानीको जोहोमै लाग्नु पर्दथ्यो, खानेपानीको अवस्था लथालिङ्ग थियो, कुवाँको पानी पाइपमा ल्याएर खानुपर्ने अवस्था थियो अहिले एक घर एक धाराले दैनिकी फेरिदिएको छ” भण्डारीले भन्नुभयो “अहिले आँगनै पानीको धारो छ, आवश्यकता पर्दा प्रयोग गरे भैगो, समयको बचत हुँदा खेतीपाती र बाख्रा भैसीलाई समय दिन पुगेको छ ।”

पछिल्लो पाँच वर्ष यता गण्डकी प्रदेशको क्रमागत योजना अन्र्तगत धम्जाका माझकटेरा, द्वारा, ओख्ले, असौजेको केही भागमा गरी ३०० खानेपानीका धारा जडान गरिएको छ । यस्तै खानेपानीको चरम समस्या रहेको धम्जा गाउँ र सायकेटरा गाउँमा खानेपानीको लागि एक घर एक धारा निर्माण कार्यका लागि गण्डकी प्रदेश सरकारबाट यो वर्ष ठेक्का प्रकृयामा जानेगरी काम अघि बढेको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष कुल बहादुर बिकले बताउनुभयो ।

खानेपानीको समस्या र सकस बेहोर्न बाध्य धम्जाका ३०० घर धुरीमा खानेपानीको पहुँच पुगेपछि विकासको महशुस भएको स्थानीय रिमा कुमारी थापाले बताउनुभयो । खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई घरमै खानेपानीको धारा आए पछि दंग परेका छन् । खानेपानीको दुःख भएको धम्जामा घर घरमा खानेपानी पुग्दा विकासको नयाँ अनुभूति भएको छ । धम्जामा ३५ वर्ष अघि मात्रै खानेपानी आयोजना सञ्चालन भएर सामुदायिक धारा निर्माण गरेको धम्जा गाउँमा त्यस यता खानेपानीको दुख झेल्नुपर्ने अवस्था रहेको थियो ।

कतिपयलाई कुवाँको भर र कतिलाई सामुदायिक धारामा घण्टौं लाइन लाग्नुपर्ने अवस्थाको खानेपानी आयोजना सफल भएपछि सहज भएको धम्जा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चन्द्र भण्डारीले जानकारी दिनुभयो । धम्जा खानेपानी तथा सरसफाई आयोजना अन्र्तगतका १० उप–आयोजना मार्फत खानेपानी वितरण गरिएको छ ।

“खानेपानीको निकै दुख रहेको धम्जामा अहिले सहज भएको छ, साविकका दुई गाउँमा मात्रै अहिले खानेपानीको कामका लागि प्रकृयामा छ” भण्डारीले भन्नुभयो “विभिन्न खानेपानी मुहानबाट पानीलाई १५ वटा खानेपानीका विभिन्न क्षमताका ट्याङ्की निर्माण गरी घर घरमा खानेपानीका धारा पु¥याइएको हो, अहिले खानेपानीको धारा घरमै पुगेका जनताले आफ्नो दैनिकी फेरिएको बताएका छन् ।”

धम्जामा रु.सात करोडको लागतमा ३०० घरमा खानेपानीको धारा पु¥याएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो । १५ वटा पानी संकलन गर्न पाँच हजार देखि ३० हजार लिटर क्षमताको ट्याङ्की, ८ किलोमिटर मुख्य पाइप लाइन तथा २५ किलोमिटर वितरण लाइन मार्फत घरघरमा खानेपानी पु¥याइएको हो ।

भएका मुहानहर सुक्दै जाने, मर्मत नहुँने लगातका समस्याका कारण धम्जामा खानेपानीको चरम संकट रहदै आएकोमा विगत दुई वर्ष यता खानेपानीको एक घर एक धारा निर्माणसंगै सहज भएको हो । धम्जाको शिरमा रहेको ढङ्डुले, मथे, आरपानी, बिसौना लगायतका १५ मुलहरुलाई विभिन्न ट्याङ्कीमा जम्मा गरेर खानेपानी वितरण भएको हो । खानेपानीका कारण अहिले यहाँका स्थानीयले समयको समेत बचत गरेका छन् मिटर जडित धाराका कारण खानेपानी खेर जाने संभावना न्यून रहेको स्थानीय शिव भण्डारीले बताउनुभयो ।

“खानेपानीको दुःख ट¥यो, अहिले पानीका लागि समय व्यवस्थापन गर्न आवश्यक छैन” भण्डारीले भन्नुभयो “खानेपानीको धारमा मिटर जडान गरिएकाले पानीको सही प्रयोग भएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *