आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य मञ्जु खड्काका छोरा अभिषेक खड्काको निधन प्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना निवासी खड्काको निधन भएको ७ औं दिनको पुण्यतिथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको छ ।
श्रद्धाञ्जली सभामा आदर्श सञ्चार सहकारीका सञ्चालक गिता खड्का, शेयर सदस्य मेजर तेज बहादुर खत्री र आदर्श सञ्चार सहकारी संस्थाका कर्मचारी संगिता खड्काले शेयर सदस्यका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप ५ हजार स्वर्गीय खड्काका परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।