निर्वाचन बहिस्कारको पोष्टर टाँस्ने नेकपा बहुमतका बागलुङ इन्चार्ज पक्राउ

आदर्श अनलाइन, बागलुङ
बागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका नेकपा बहुमतका बागलुङ इन्चार्ज सहित तीन नेता पक्राउ परेका छन् ।

धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले ट्राफिक चोकबाट पक्राउ गरेको हो ।

बागलुङ जिल्ला इन्चार्ज गलकोट नगरपालिका १ का ४५ वर्षीय दलसिंह खत्री, ३५ वर्षीय हरि नेपाली र ४५ वर्षीय कृष्ण बहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुको साथबाट निर्वाचन विरोधी पर्चा, पम्लेट र पोस्टर बरामद भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले बताउनु भयो ।

पक्राउ परेका तीन जनामाथी अनुसन्धान भइरहेको र अनुसन्धान पछि कारबाही प्रक्रिया अगाडी बढाईने ज्ञवालीले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *