बागलुङका जनप्रतिनिधि र धौलागिरी क्याम्पसका विद्मार्थी बिच अन्तरक्रिया सम्पन्न

रोहन जि.सी, बागलुङ

नेपाली कांग्रेसको विद्मार्थी संगठन नेपाल विद्मार्थी संघ (नेविसंघ)को आयोजनामा बागलुङ क्षेत्र नं. १मा रहेका पालिकाका प्रमुख तथा उपप्रमुख र धौलागिरी बहुमुखी क्याम्पसका विद्मार्थी बिच अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

आगामी मंसिर ४ गते हुन गइरहेको संघीय तथा प्रदेशको निर्वाचनमा युवा तथा विद्मार्थीको भुमिका, शिक्षा क्षेत्रमा जनप्रतिनिधिका योजना तथा कार्यक्रम लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे बागलुङ नगरपालिकाका नगर प्रमुख तथा पुर्व क्याम्पस स्ववियु सभापति बसन्तकुमार श्रेष्ठले कुनैपनि निर्वाचनमा विद्मार्थीको भुमिका महत्वपुर्ण रहेको हँुदा विद्मार्थीहरुको सहभागिता रहनु आवश्यक रहेको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले विद्मार्थीले आफ्नो व्यक्तित्व विकासका लागि, समसामायिक ज्ञान र शिक्षा आर्जन गर्न र अन्य नकारात्मक कार्यबाट टाढा रहनका लागि राजनैतिक रुपमा संलग्नता भई समाजमा सकारात्मक प्रभाव पार्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जैमिनि नगरपालिकाका उपप्रमुख तथा नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले क्याम्पसको राजनितीक पुष्ठभुमी बारेमा र जैमिनि नगरपालिकाको शिक्षा क्षेत्रका आगामी कार्यक्रमबारे सहजीकरण गर्नुभएको थियो । त्यसैगरि काठेखोला गाँउपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजु थापाले निर्वाचनमा विद्मार्थीको भुमिका र विद्माथी र सरोकारवाला संगको समन्वय बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सभापति मनबहादुर थापा (मनिष) लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेपाल विद्मार्थी संघ (नेविसंघ) धौलागिरी क्याम्पस कमिटीका अध्यक्ष दिनेश पन्तको अध्यक्षता र स्ववियु सदस्य मनोज सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *