आजको मौसम : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना

आदर्श अनलाइन, काठमाडौं

अहिले मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हिमपात हुने अनुमान गरिएको छ।

महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन भनेको छ। तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न पनि भनिएको छ।

यो पनि पढ्नुहोस्