पाठक र पौडेलको चुनावी अभियान जैमिनी केन्द्रित

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार डा. सुर्य पाठक र बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (ख) का उम्मेदवार नवराज पौडेलको चुनावी अभियान बागलुङको दक्षिण भेग जैमिनी नगरपालिका केन्द्रित भएको छ ।

जैमिनी नगरपालिका–६ अर्जेवाको सुम्सा,उपल्लो अर्जेवामा घरदैलो र ओख्लेमा कोणसभा गरिएको छ । यस्तै वडा नम्बर ७ को छिस्तीको सुन्तलारुखमा घरदैलो, रोहोटेमा कोणसभा र बाँओमा घरदैलो कार्यक्रम गरिएको छ ।

विभिन्न स्थानमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार डा. सुर्य पाठकले दक्षिणको विकासको जिम्मा नेकपा एमालेले लिने बताउनुभयो । उहाँले कुस्मिसेरासम्म बाटो कालोपत्रे गर्ने र करिडोरको कालोपत्रेका लागि बजेट ल्याउन दवाव आफ्नै सरकारको पालामा भएको बताउनुभयो ।

उहाँले जनताका अधुरा काम पुरा गर्न पुन निर्वाचनमा आएको बताउनुभएको छ । आफ्नो चुनावी एजेण्डा लिएर मत माग्नका लागि जनताको घरदैलोमा पुग्ने क्रममा डा. पाठकले बागलुङको विकास, कानून निर्माण र संसदीय अभ्यासमा आफुले गरेका कामहरु जनतामाफ छर्लङ्ग रहेको बताउनुभयो ।

उहाँले दक्षिणको सबैभन्दा बढी समस्या भनेको सडक सुधार, खानेपानी र बाँदरको समस्यासंग आफू अवगत भएको बताउनुभयो ।
“प्रतिस्प्रधिसाथीहरुले भण्डाफोरका लागि संसदमा जान खोजेका होलान, म जनताको सेवामा जने हो यो जनताले बुझेका छ”– पाठकले भन्नुभयो ।

अघिल्लो निर्वाचनमा संसदीय अभ्यास र बागलुङको समग्र विकास, दक्षिणमा पहिलोपटक सडक कालोपत्रे गर्ने, धौलागिरी अस्पतालको सुधार र वलेवा विमानस्थल लगायतका विकासमा खेलेको भुमिका जनताले नविर्सेको डा. पाठकको भनाई छ ।

यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (ख) का उम्मेदवार नवराज पौडेलले जैमिनीको माटोले चिनेको उम्मेदवार आफू भएको बताउनुभयो । उहाँले आफ्नो राजनैतिक जीवननै आफूले बागलुङको दक्षिण भेगको विकासका लागि खर्चेको बताउनुभयो । जैमिनीमा विभिन्न सडक ल्याउन र यहाँको समस्याको विषयमा आफूले आवाज उठाउदै आएको बताउदै यसपटक यहाँका जनताले यस पटक एमालेका पक्षमा उभिन आग्रह गर्नभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *