बागलुङ बहिरा सघंको २२ औँ स्थापना दिवस सम्पन्न

आदर्श अनलाइन, बागलुङ

बागलुङ बहिरा सघंको २२ औँ स्थापना दिवस शनिबार एक समारोहका बिच मनाईएको छ ।

कार्यक्रममा बोल्दै एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले बहिरा लगायत सम्पुर्ण फरक क्षमता भएकालाई आत्मनिर्भर गराउनका लागि सबै एक हुनु पर्ने बताउनुभयो । अवसर पाए अपाङ्ग पनि साङ्ग सरह हुने भन्दै उहाँले राज्यका हरेक क्षेत्रमा फरक क्षमता भएकाको प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेकपा एमालेका प्रदेश सचिवालय सदस्य कृष्ण पाठक, प्रदेश सदस्य ईन्द्र केसी, बानपा १ का निवर्तमान वडाअध्यक्ष दुर्गा बोहोरा, बागलुङ बहिरा सघंका पूर्व अध्यक्ष बसन्तजंङ्ग राजभण्डारी, समाजसेवी भिम बहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा दोभासे पुजा किसानले गर्नुभएको थियो ।

कार्यक्रम बागलुङ बहिरा सघंका अध्यक्ष नल बहादुर थापाको अध्यक्षता र सल्लाहकार सन्तोष पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *